लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी भन्दा आफ्नो पार्टी मजबुत रहेको दावी गर्नुभएको छ ।

बुधबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष ठाकुरले निर्वाचन आयोगबाट आफ्नो नयाँ पार्टी दर्ता भएपछि जसपा भन्दा बलियो रहेको दाबी गर्नुभएको हो । उहाले अब निरन्तर पार्टिलाई बिस्तार गर्ने र सदस्य संख्या बढाउने गरि अधिवेशन तर्फ आफुहरुको ध्यान रहेको बताउनुभयो ।

अध्यक्ष ठाकुर लगाएतका नेतालाई जनकपुर एयरपोर्टमा नेता कार्यकर्ताहरुले भव्य स्वागत गरेका छन् । उनीहरुको स्वागतमा लोसपाका युवा कार्यकर्ताले जनकपुरधाममा मोटरसाइकल जुलुस समेत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय