
माधव नेपाल समूह परित्याग गरेर केपी शर्मा ओलीको पक्षमा लागेका प्रदेश १ का मुख्यमन्त्री एवं नेकपा एमालेका सचिव भीम आचार्य अन्ततः ओली समूहबाटै विभाजनको शिकार बनेका छन् ।
माधव नेपालको साथ छाडेर प्रदेश १ को मुख्यमन्त्री बनेका आचार्यलाई एमाले नेताहरुले नै ‘बहिस्करण’ मा पारेपछि उनको राजनीतिक भविश्य समेत अन्योलमा परेको छ ।