नेपाली कांग्रेसको वडा अधिवेशनअन्तर्गत ४५ वडा रहेको म्याग्दीमा ४३ वडामा नेतृत्व चयन भएको छ। तीमध्ये ४१ वडामा सर्वसम्मत र दुई वडामा निर्वाचनबाट नेतृत्व चयन भएको हो । नेपाली काँग्रेस म्याग्दीका प्रवक्ता अजयमिलन श्रेष्ठले मतदान प्रक्रियाबाट बेनी नगरपालिका–५ पुलाचौरमा यामबहादुर बानियाँ र अन्नपूर्ण गाउँपालिका–६ घारमा कृष्णप्रसाद बरुवाल वडा सभापतिमा निर्वाचित भएको जानकारी दिए ।

“क्रियाशील सदस्यता नवीकरण गरेकाको नामावली अन्नपूर्ण गाउँपालिका–१ दोबा र ८ राम्चेको अधिवेशन रोकिएको छ”, उनले भने “४० वडाको सबै विवरण आएको छ । दोबा र राम्चेको अधिवेशन पनि भदौ २३ गतेभित्र नै गर्न सदस्यता नवीकरणका लागि केन्द्रीय समितिमा पहल गरेका छौँ ।”

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सात वडा रहेको धवलागिरि गाउँपालिकाको गुर्जामा केआइसिंह छन्त्याल, लुलाङमा ज्ञानबहादुर पाइजा, मुनामा जङ्गबहादुर भण्डारी, मुदीमा योगेन्द्र घर्ती, मल्कवाङमा अमर छन्त्याल, मराङमा योगेन्द्र गुरुङ र ताकममा थमबहादुर पुन वडा एकाइ सभापतिमा चयन हुनुभएको काँग्रेसको पालिका सभापति प्रेम पुनले जानकारी दिए ।

प्रदेशसभा क्षेत्र ख म्याग्दीका उपसभापति मेक पुनका अनुसार मङ्गलाका पाँच वटा वडामा पनि सर्वसम्मत कार्यसमिति चयन भएको छ । नेपाली काँग्रेस म्याग्दीका सभापति खम्बिर गर्बुजाले आन्तरिक एकतालाई बलियो बनाउन छलफल र सहमति गरेर वडा तहमा सर्वसम्मत नेतृत्व चयन भएको बताएका छन् । रासस