नेकपा एमालेले शनिबार राजधानीमा बृहत् कार्यकर्ता भेला आयोजना गरेको छ ।

काठमाडौँ महानगर कमिटीद्वारा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली सहभागी भएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अस्वस्थताका बाबजुद कार्यक्रममा सहभागी भएका ओलीको जोस भने कम देखिएन ।

उनले सरकारदेखि एमालेबाट अलग भएर नयाँ दल खोलेका माधव नेपालमाथि फायर खोलेका थिए । संक्षिप्त सम्बोधन गरेका ओलीले आफूलाई थकानका कारण ज्वरो नै आएको र डाक्टरहरूले आराम गर्नु भनेको बताए । उनले अब केही दिन आराम गर्ने पनि मञ्चबाट जानकारी दिए । यसअघि उनको सचिवालयले आज उनी कुनै पनि कार्यक्रममा सहभागी नहुने बताएको थियो ।