खल्ती डिजिटल वालेटले नेपाल विद्युत् प्राधिकरणले विभिन्न पदका लागि माग गरेको आवेदनको फारम शुल्क खल्तीबाट सजिलै तिर्न सकिने सेवा सञ्चालनमा ल्याएको छ।

आवेदकहरूले विभिन्न पदको लागि प्राधिकरणको आधिकारिक वेबसाइटबाट आवेदन फारम भरी त्यसमा लाग्ने दस्तुर खल्तीबाट भुक्तानी गर्न सक्नेछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कार्यालयमा धाइरहनुपर्ने वा लाइनमा घण्टौँ बस्नुपर्ने झन्झटलाई डिजिटल भुक्तानीको माध्यमद्वारा न्यूनीकरण गर्ने हेतुले उक्त सेवा सञ्चालनमा ल्याएको खल्ती डिजिटल वालेटका प्रबन्धक जोनाम भुर्तेलले बताए।

प्राधिकरणको आधिकारिक वेबसाइटबाट विभिन्न पदको लागि अनलाइन फारम भरिसकेपछि पेमेन्ट विकल्पमा खल्ती छनोट गरी त्यसमा लाग्ने शुल्क भुक्तानी गर्न सकिन्छ ।