काठमाडौं, नेपालबाट निर्यातहुने वस्तुमा हेटौंडामा उत्पादिन घ्यू पनि थपिएको छ। हेटौंडामा रहेको दुग्ध विकास संस्थानअन्तर्गतको हेटौंडा दुग्ध विकास आयोजनाले गत वर्षदेखि यहाँ उत्पादित घ्यू विदेश निर्यात गर्न धालेको हो। यहाँ उत्पादित घ्यू जापान, अस्ट्रेलिया र दक्षिण कोरियामा निर्यात हुने गरेको आयोजनाले जनाएको छ।
२०३० सालमा हेटौंडामा रहेको हेटौंडा औद्योगिक क्षेत्रमा स्थापित दुग्ध वितरण संस्थानअन्तर्गतको दुग्ध वितरण आयोजनाले आर्थिक वर्ष २०७७र७८ देखि जापान र अस्ट्रेलिया र दक्षिण कोरियामा घ्यू निर्यात गर्दै आएको हो।

गत आवामा ६५ हजार लिटर घ्यू निर्यात गरिएको आयोजनाप्रमुख नरेश जोशीले बताए।संघीय सरकारको स्वामित्वमा सञ्चालित सो उद्योगबाट जापानमा ४५ हजार, दक्षिण कोरियामा २२ हजार र अस्ट्रेलियामा ४ हजार लिटर घ्यू निर्यात उनले बताए। आयोजनाले घ्यूबाहेक दही, पनिर, मखन, फ्रेसमिल्क, लालमोहन, रसभरी, आइसक्रिम, प्रशोधित क्रिम, पेडा र खुवालगायत पदार्थ पनि बिक्री गर्दै आएको छ।
‘हेटौंडामा उत्पादित घ्यू विदेश निर्यात भएको यो पहिलो पटक हो,’ आयोजना प्रमुख जोशीले भने, ‘हालका दिनमा विदेशमा घ्यूको माग बढिरहेको छ। हामी अन्य देशमा पनि विक्रीवितरणको प्रयासमा छौं।’
दुग्ध वितरण आयोजना प्रमुख जोशीले अर्डरअनुसार घ्यू निर्यात गर्ने गरिएको बताए।

‘एक पटकमा आठ हजार लिटरसम्म घ्यू निर्यात गरेका छौं,’ आयोजना प्रमुख जोशीले भने। आयोजनाले घ्यूबाहेक दही, पनिर, मखन, फ्रेसमिल्क, लालमोहन, रसभरी, आइसक्रिम, प्रशोधित क्रिम, पेडा र खुवालगायत पदार्थ पनि बिक्री गर्दै आएको छ। आयोजनाले वीरगन्ज, हेटौंडा, नारायणघाट, काठमाडौंमा थोक तथा खुद्रा पसलमा आफ्ना उत्पादन बिक्री गर्दैै आइरहेको छ। उत्पाद बढाउन दुग्ध वितरण आयोजनालाई चिस्यान मेसिनको समस्या भएकोमा वाग्मती प्रदेश सरकारसँगको सहकार्यमा चिस्यान मेसिन निर्माण भइरहेको छ।

आयोजनाअन्तर्गत रौतहटको चन्द्रनिगाहपुर, गरुडा, सर्लाहीको नवलपुर, वरहथवा, हरैया, वसवरिया र सिम्रौनगढमा दुग्ध चिस्यान केन्द्र पनि स्थापना गरिएको जोशीले बताए। औद्योगिक क्षेत्रअन्तर्गत ३८ रोपनी क्षेत्रफलमा रहेको उक्त आयोजनाको दूध प्रशोधन क्षमता प्रतिघण्टा तीन हजार लिटर रहेको छ।
आयोजनामा प्रतिदिन ६० हजार लिटर दूध, ३ हजार लिटर घ्यु, मख्खन र पनिर ५ सय केजी भण्डार क्षमता रहेको छ। आयोजनामा फ्रेसमिल्क एक हजार ५ सय बोतल प्रतिसिफ्ट, पेडा ३ सय ६० प्याकेट प्रतिदिन र लालमोहन ९ सय प्याकेट प्रतिदिन उत्पादन हुने गरेको छ।

आयोजनाले मकवानपुर, बारा, पर्सा, रौतहट र सर्लाहीबाट दैनिक २५ हजार लिटर दूध संकलन गरिरहेको छ।गत वर्ष संकलित दूधको करिब ३२ करोड रुपैयाँ भुक्तानी गरेको थियो। आयोजनाले १ सय ६४ वटा दुग्ध उत्पादक सहकारी संस्था र सात चिस्यान केन्द्रमार्फत दूध खरिद गरेको थियो। आयोजनाले मकवानपुरलगायत अन्य जिल्लाको दुग्ध उत्पादक सहकारी संस्थाहरुबाट समेत दुग्ध संकलन गर्ने गरेको आयोजनाका सूचना अधिकारी ठाकुरदास श्रेष्ठ बताउँछन्।

औद्योगिक क्षेत्रअन्तर्गत ३८ रोपनी क्षेत्रफलमा रहेको उक्त आयोजनाको दूध प्रशोधन क्षमता प्रतिघण्टा तीन हजार लिटर रहेको छ। आयोजनाले आवश्यकतानुसारको दूध खपत गरी बढी भएको दूध काठमाडौंमा भएको केन्द्रीय कार्यालय बालाजुलगायत अन्य आयोजनामा पठाउने गरेको छ। एक सय १७ कर्मचारी रहेको सो आयोजनाअन्तर्गत तीनवटा डिस्ट्रिब्युटर, २८ डिलर र १ सय ९७ बिक्री केन्द्र रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय