सुदूरपश्चिम प्रदेशमा एमालेका १४ जना प्रदेशसभा सदस्यसहित २ सय २१ जनप्रतिनिधिले एकीकृत समाजवादी रोजेका छन् । विगतमा माधव नेपालको पक्षमा उभिएका १७ मध्ये चार सांसद एमालेमै बसेका छन् ।

एमालेमा बसेका मन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले बुधबार राजीनामा दिएका छन् । पूर्वमन्त्री कृष्णराज सुवेदी र गोविन्द कुँवर पनि नयाँ पार्टीमा गएनन् । तर १४ सांसद सहित एकीकृत समाजवादी प्रदेशसभाकै सबभन्दा ठूलो दल बनेको छ । यस्तै दुई नगर प्रमुख, चार उपप्रमुख, दुई गाउँपालिकाका अध्यक्ष, दुई उपाध्यक्ष, एक जिल्ला समन्वय समितिको उपप्रमुखले एकीकृत समाजवादी पार्टी रोजेका हुन् ।

कैलालीमा ६ स्थानीय तहमा प्रमुख र उपप्रमुख र एउटा उपप्रमुख एमालेले जितेको थियो । उनीहरुमध्ये गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायत, घोडाघोडी नगरपालिकाकी उपप्रमुख प्रेमकुमारी थापा र जिल्ला समन्वय समितिकी उपप्रमुख सुुन्दरीदेवी चौधरीले एकीकृत समाजवादी रोजेकी छन् । मोहन्याल गाउँपालिकाकी उपाध्यक्ष पुुजादेवी बुुढामगर, विभिन्न पालिकाका १२ जना वडाध्यक्ष सहित ६५ जनप्रतिनिधिले नयाँ दल रोजेका छन् ।

कञ्चनपुरमा मेयरसहित ५१ जनप्रतिनिधिले नयाँ दल रोजेका छन् । पुर्नवास नगरपालिकाका मेयर जीवनबहादुर थापा, ११ जना वडाध्यक्ष सहितका ५१ जनप्रतिनिधिले एकीकृत समाजवादी रोजेका हुन् । कञ्चनपुरमा ४ वटा स्थानीय तहमध्ये प्रमुख र उपप्रमुख जितेको एमालेलाई जितेको थियो । बझाङमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षसहित २५ जनप्रतिधिले एकीकृत समाजवादी रोजेका छन् ।

केदास्युु गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर भण्डारी, उपाध्यक्ष निशा धामीसहित पाँच जना वडाध्यक्ष, कार्यपालिका र वडा सदस्यहरुले गरेर २४ जनाले सनाखत गरेका हुन । थलारा गाउँपालिका ३ का वडाध्यक्ष अनिल विष्टले पनि एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन् । अछाममा साँफेबगर नगरपालिकाका प्रमुख कुलबहादुर कुँवर, उपप्रमुख बिरमलादेवी बुुढथापा र चौरपाटी गाउँपालिका अध्यक्ष हर्कबहादुर साउद सहित २७ जनाले नयाँ पार्टीको पक्षमा सनाखत गरेका छन् ।

डोटीमा पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटी, दिपायल सिलगढी नगरपालिकाका उपप्रमुुख शिवराज खड्का र सायल गाउँपालिका ३ का वडाध्यक्ष गोरखबहादुर सार्कीले नयाँ दल रोजेका छन ।

बाजुरामा स्वामीकात्तिक गाउँपालिकाका अध्यक्ष चिरन्जीवी शाही, उपाध्यक्ष मीमा बुढासहित पाँच जना, बैतडीमा चार वडाध्यक्षसहित २८ जना र दार्चुलामा एक वडा सदस्यले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन । डडेल्धुरामा अमरगढी नगरपालिका ५ का वडाध्यक्ष खेमराज पाठकसहित दुई जनाले नयाँ दल रोजेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय