पूर्वआईजीपी उपेन्द्रकान्त अर्याल सेवानिवृत्त भए पनि डिआईजी नवराज सिलवाल सिध्याउन लागि परेको रहस्य खुलासा भएको छ । त्यसका लागि अर्यालले महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठ, आईजीपी प्रकाश अर्याल, गृहसचिव लोकदर्शन रेग्मीलगायतसँग मिलेर षड्यन्त्रको तानाबाना बुन्दै आएका छन् ।

अर्यालले आफूले विगतमा गरेका गलत कामहरूको भण्डाफोर नहोस् भन्नका लागि आफू अनुकूल र नियन्त्रणमा प्रहरीको आईजीपी बनाउन लागि परेका थिए । नेपाल प्रहरीलाई पंगु बनाएर आफ्नो दुनो सुज्याउने षड्यन्त्रमा यतिखेर पूर्ब आईजी अर्याल लागि परेका छन् ।

आईजीपी नियुक्तिको निर्णय गलत रहेको र खारेज हुनुपर्ने माग राख्दै डीआईजी नवराज सिलवालले सर्वोच्च अदालतमा दायर गरेको रिट सुनुवाइको क्रममा छ । यदि त्यो रिटको फैसला सिलवालको पक्षमा आए आफूले विगतमा गरेका काला कर्तुतहरूको पर्दाफास हुने डरका कारण पूर्वआईजीपी अर्याल अहिले आफ्नो सम्पूर्ण शक्ति लगाएर सिलवाललाई रोक्न लागिपरेका छन् ।

उपेन्द्रकान्त अर्याल आईजीपी हुँदाको बेलामा भएका भ्रष्टाचार, तथा प्रहरीमा उनको पालामा भएका तमाम अनियमितता सिलवाल आईजीपी भए खुल्ने डर अर्याललाई छ । त्यसैले सिलवाललाई रोक्न अर्यालले हरेक हप्ता महान्यायाधिवक्ता श्रेष्ठसँग आईजीपी अर्यालसहित भेटी षड्यन्त्र बुन्दै आएको स्रोतको दाबी छ । तर गृहमन्त्री जर्नादन शर्माको डरका कारण उनीहरूको षड्यन्त्र सफल हुन सकेको छैन ।

गृहसचिव लोकदर्शन रेग्मीसँग पनि सिलवाललाई आईजीपी हुन नदिन अर्यालले लबिङ तथा निरन्तर सम्पर्क गर्दै आएका छन् । उनले हालका कामु प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीलाई तीन पटक भेटघाट गरी सिलवालविरूद्ध लबिङ गर्दै आएको स्रोतको दाबी छ ।

उनले आफूले नै सिलवाललाई कम नम्बर दिएको र सिलवालले किर्ते गरेको भन्दै कुनै पनि हालतमा सिलवाललको पक्षमा फैसला हुन नदिन न्यायालय तथा पराजुलीलाई नै प्रभावित पार्ने काम गरिरहेको चर्चा यतिखेर प्रहरी भित्रै चल्न थालेको छ ।

केही दिनअघि मात्र विनोद चौधरीको छोराका बिहेमा बियरको चुस्की लगाएर मुख्यसचिव सोमलाल सुवेदी, सचिव विनोद केसीलगायतका मानिसहरू भएको ठाउँमा अर्यालले‘ नवराज सिलवाल भनेको पुलिसभित्रको गुण्डा गणेश लामा हो, उसलाई आईजीपी कुनै पनि हालतमा बन्न दिनुहुन्न’ भनी बोलेको स्रोतको दाबी छ ।

स्रोतका अनुसार एमालेका विष्णु रिमाललाई सम्बोधन गर्दै उनले केपी ओलीलाई सिलवाललाई नच्याप्न चेतावनी दिएका थिए । उनले सिलवाललाई गुण्डाको संज्ञा दिँदै एमालेले सपोर्ट गर्न नहुने बताएको स्रोतको भनाइ छ ।

सेवानिवृत्त भए पनि अर्याल भित्रभित्रै षड्यन्त्रमा लाग्नुको कारण भने उनले विगतमा गरेका भ्रष्टाचार, अनियमितता नखुलोस् भन्ने प्रमुख कारण रहेको स्रोतले बताएको छ । स्रोतका अनुसार यतिखेर अर्याल कुनै संवैधानिक निकायमा आफ्नो सुनिश्चितताका लागि योजनाबद्ध रूपमा लागेका हुन् ।

त्यसका लागि प्रधानमन्त्री शेरबहादुर देउवाका सालो भूषण राणासँग अर्यालले साँठगाँठ बढाएको स्रोतले बताएको छ । त्यस्तै, हालका आईजीपी अर्याललाई आफ्नो कमाण्डमा चल्ने बनाउने र जयबहादुर चन्दलाई पनि कुनै हालतमा आईजी हुन नदिने अर्याल एण्ड कम्पनीको योजना रहेको छ ।

अर्यालले आफूले गरेको भ्रष्टाचार नखुलोस् भन्नकै लागि दीप बस्न्यातलाई अख्तियार प्रमुख हुन नदिन ठूलो प्रयास गरेका थिए । उनले कांग्रेसका अमरेश कुमारसमेतलाई प्रयोग गरी बस्न्यातको नियुक्ति रोक्न चलखेल गरेका थिए । तर, उनी सफल भएनन् ।

अहिले लोकमानसँग मिलेर भ्रष्टाचार गरेकाहरूलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन सुरू गरेको छ । लोकमान सारथी भनेर चिनिएका आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्मा अहिले अख्तियारको छानबिनको दायरामा छन् भने अर्यालमाथि पनि छानबिन चलिरहेको अख्तियार स्रोतको भनाइ छ ।

अर्यालले कांग्रेसका अमरेशकुमार, उपेन्द्र महतोलगायत जो लोकमानलाई अख्तियार प्रमुख बनाउन लागिपरेको टिमसँग नै मिलेर अहिले अख्तियारमा आफ्नो नियुक्तिका लागि बार्गेनिङ गरिरहेको स्रोतले बताएको छ । स्रोतका अनुसार उनले ५० करोड रूपैयाँसम्मको अफर गरी आफूलाई अख्तियारमा नियुक्ति दिलाइदिन विभिन्न शक्तिकेन्द्र धाइरहेका छन् ।

नेपाल प्रहरी रित्तै, सशस्त्र र सेनाको भर
नेपाल प्रहरीले २६ प्रकारका शक्तिशाली हतियार खरिदको प्रस्ताव गृहमन्त्रालयमा पेस गरेपनि अहिलेसम्म खरिद गर्न सकेको छैन ।

हातहतियार तथा टियर ग्यास र लत्ता कपडा अभावले नेपाल प्रहरीको भण्डारण रित्तिएपनि प्रहरीले सामान खरिद गर्न नसक्दा प्रहरी संगठन यतिबेला लथालिंग भएको छ ।

प्रहरीले एमपी ५, जीपीएमजी, एमएमजी, एके ४७, एम १६, एलएमजी (लङ मेसिनगन), एसएमजी (सर्ट मेसिन गन) लगायतका अत्याधुनिक राइफल तथा रकेट लन्चर, ५१ मोटोरलगायतका शक्तिशाली हतियार खरिदको प्रस्ताव गरेको छ ।

यी हतियार नेपाली सेनासहित भारत र पाकिस्तानी सुरक्षाकर्मीले प्रयोग गर्दै आएका छन् । रोबोटको व्यवस्थासहित प्रहरीले बम डिस्पोजल उपकरणसमेत मागेको छ । बम डिस्पोजका लागि प्रहरीले सेना र सशस्त्र प्रहरीको मद्दत लिँदै आएको छ ।

करिब ६२ हजार जनशक्ति कार्यरत प्रहरीसँग थ्री नट थ्री राइफल, एसएलआर, म्याग्नम राइफल, हर्नेट राइफल, सर्टगन, ग्यास गन तथा पेस्तोल/रिभल्बरलगायतका ३५ हजार हाराहारीमा हतियार छन् ।
नेपाल प्रहरीले तीन वर्षदेखि सामानहरू खरिद गर्न सकेको छैन ।

हात हतियार गोली गठ्ठा लगायतका कुनै पनि अत्यावश्यक सामाग्रीहरू खरिद गर्न नसक्दा प्रहरीको नेतृत्व पूरै निकम्मा सावित भएको छ ।

प्रहरी प्रधान कार्यालयले तीन वर्षदेखि प्रहरी मुख्यालयले संगठनका सदस्यहरूका लागि आवश्यक लत्ताकपडा पनि खरिद गर्न सकेको छैन ।

प्रहरी संगठनको उच्च नेतृत्व विशेषगरी आइजी र एआइजीहरू एकै व्याचका हुनु र उनीहरूबीचको मनोमालिन्यका कारण एकले अर्कालाई बिगार्न उजुर गर्ने, अनावश्यक टीकाटिप्पणीले प्रचार गराउने जस्ता कार्य हुन थालेपछि यसअघिका प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले सामान खरिद गर्न सकेनन् ।

उनले समानखरिदका लागि प्रस्ताव गर्दा अर्का एआइजी राजेन्द्रसिंह भण्डारीले रोकेका थिए । अझ वामदेव गृहमन्त्री भएका बेला अरबौको हतियार खरिद गर्न लाग्दा उनैले मिडियामा सूचना चुहाएर त्यसलाई तुहाइदिएका थिए ।

केही सामान टेण्डर विनै खरिद भए पनि त्यसले सीमित समयमा मात्रै धानेको थियो । निर्वाचनको बेला समेत प्रहरीले चुस्ता र अन्य सामान खरिद गर्न सकेन ।

प्रहरीले विगत तीन दुई वर्षयता आफना सदस्यहरूका लागि खरिद गर्न नसक्दा उनीहरूले पाउनुपर्ने अधिकारको लत्ताकपडासमेत प्राप्त गर्न सकेनन् ।

तत्कालीन आईजीपी अर्यालले मासिक ३० हजारा तलब दिने गरी करारमा राखेका टेक्सटाइल इन्जिनियर राधेमोहन जोशीका कारण पनि सामान खरिद हुन नसकेको प्रहरी उच्च अधिकृतहरु नै बताउँछन् ।

व्यवसायिकरुपमा उनी दक्ष इन्जिनियर होलान् तर उनले तयार गरवेको स्पेकअनुसारको कपडा नेपालका त के जापानका ठेकेदारहरु आएर ठेक्का गरे पनि सामान बुझाउन नसक्ने अवस्थामा रहेको प्रहरीहरुकै भनाई छ ।

जसका कारण गतसाल प्रहरीले नमुना परिवर्तन गरी टेण्डर निकाल्यो दुई पटकसम्म तर दुवै पटक कतिपय ठेकेदारले ठेक्का नै हालेनन् भने ठेक्का हाल्नेले पनि स्पेकअनुसार पास गर्न सकेनन्, खबर जनप्रहारमा उल्लेख छ ।

केवल ऊलन पाइन्टबाहेक अरु सबै टेण्डरहरु दुई पटकसम्म नै रद्द हुन पुग्यो । यसरी बारम्बार टेण्डर निकाल्ने र रद्द हुनुका पछाडि उनै इन्जिनियर राधेमोहन जोशीले राखेको स्पेक नै प्रमुख कारण हो भने स्पेकअनुसारको कस्टिङ पनि अर्को कारण रहेको पनि स्रोतले जनाएको छ । न्यूज अभियान बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah