इजरायलको सबैभन्दा सुरक्षित मानिने गिलोबा जेलबाट ६ जना कैदी फरार भएका छन् । यी सबै कैदी प्यालेस्टाइनी नागरिक हुन् । उनीहरुविरुद्ध हत्या, हत्या प्रयासलगायत गम्भीर अभियोग दर्ज थियो ।
इजरायली प्रधानमन्त्री नेफ्टाली बेनेट्टले यस घटनाको पुष्टि गरेका छन् । घटनाको छानविनका लागि मन्त्रिपरिषद्ले उच्चस्तरीय समिति गठन गरेको छ ।

मिडिया रिपोर्टस अनुसार प्यालेस्टाइनीहरुले केही दिनदेखि नै भाग्ने योजना बनाइरहेका थिए । उनीहरु सुरुङ खनेर भागेका हुन् । ती कैदीहरुले त्यस्तो ठाउँमा सुरुङ खने, जहाँबाट केही दूरीमा जेलको पर्खाल र अर्कोतर्फ सडक छ । त्यसपछि खेत आउँछ । त्यहीकारण यहाँ धेरै मानिस हुँदैनन् ।

सबै कैदीहरु जेलको पर्खालभित्रबाट खनिएको सुरुङ हुँदै सडकमा निस्किए, र त्यहाँबाट खेततर्फ लागे । केही किसानहरुले उनीहरुलाई देखेका थिए र ईजरायली अधिकारीहरुलाई जानकारी दिए । त्यसपछि छानबिन गर्दा सुरुङ खनिएको बारे थाहा भयो ।

सामाजिक सञ्जालमा सुरुङसहितको सडकको फोटो भाइरल भइरहेको छ । तर, प्रहरीले यस घटनाबारे केही जानकारी दिएको छैन । उसका सबै अधिकारीहरु छानबिनमा व्यस्त छन् ।

कैदीहरुको खोजी पनि जारी छ । यसका लागि इजरायली पुलिसले ड्रोन र हेलिकोप्टर पनि प्रयोग गरिरहेको छ । ‘घटनाको धेरैजसो जाँच पूरा भइसकेको छ । चाडैँ नै हामी फरार कैदीहरुलाई फेरि गिर्फतार गर्नेछौँ,’ एक इजरायली अधिकारीले भने । यस छानबिनमा गुप्तचर एजेन्सीका अधिकारीहरु पनि सहभागी छन् ।
प्यालेस्टाइनमा यी कैदीहरुले जेल तोडेको खुसीयालीमा मिठाई बाँडिएको छ । बेस्ट बैंक र प्यालेस्टाइनका केही हिस्सामा मानिसहरुले सडकमै मिठाई बाँडे । यस दौरान बाटोमा हिडिँरहेकाहरुलाई रोकेर मिठाई बाँडि
रातो पाटी वाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah