संखुवासभाको मादी नगरपालिका–१ खोला गाउँमा भएको हत्या प्रकरणमा चिनेजानेकै व्यक्तिले हत्या गरको हुन सक्ने प्रारम्भिक निष्कर्ष निकालेको छ।

घटनाको अनुसन्धान गरिरहेका प्रहरी अधिकारीका अनुसार परिवारका एक सदस्यको हत्यापछि आफ्नो पहिचान खुल्ने डरले अरु सदस्यको पनि हत्या गरेको हुनसक्ने अनुमान गरिएको छ।

प्रहरीका अनुसार घटनामा संलग्न व्यक्ति चिनजानकै भएका कारण कार्की परिवारका ५२ वर्षीय तेजबहादुर कार्कीको हत्यापछि परिवारका अन्य प्रत्यक्षदर्शीको पनि हत्या भएको हुनसक्ने अनुमान गरिएको हो। घटनास्थलको सुक्ष्म अनुसन्धानपछि प्रहरीले यस्तो निष्कर्ष निकालेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय