काठमाडौं । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी०का उपाध्यक्ष फातिमा सुमारलाई कोटेश्वरमा कालोझण्डा देखाउने १५ जना पक्राउ परेका छन् ।एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बालकोट निवासमा भेटेर फर्किने क्रममा कोटेश्वरमा सुमारलाई कालोझण्डा देखाउनेहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले एमसीसी सम्झौता विरोधी आन्दोलनकारीलाई पक्राउ गरेपछि उनीहरुको रिहाइको माग गर्दै कोटेश्वरमा थप प्रदर्शन गरेका छन् । पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी प्रभाग कोटेश्वरमा राखिएको प्रहरीले जनाएको छ । नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लगायत विभिन्न पार्टी तथा संघ संस्थाका प्रतिनिधि एमसीसीको विरोध गर्दै प्रर्दशनमा उत्रेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय