दमकका समाजसेवी तथा विकासप्रेमी व्यक्तित्व तथा समाजसेवी धनबहादुर श्रेष्ठको शुक्रबार असामयिक निधन भएको छ ।
तत्कालिन नगर पञ्चायतका प्रधानपञ्च समेत रहेका श्रेष्ठको निधन प्रति शोक व्यक्त गर्दै दमक नगरपालिकाले आइतबार शोक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाल शुक्रबार एक सुचना निकाल्दै मृतक श्रेष्ठको दिवंगत आत्माको चीर शान्तिको कामना सहित आइतबार शोक बिदा दिने निर्णय गरेको हो ।




