यो पत्र नब प्रधानमन्त्री सेर बहादुर देउवा लाई कोर्दै छु त्यसकारण सेयर गर्दिनु होला ताकी उहाँ सम्म पुगोस।।
मिति २०७४/०३/१९
सम्माननिय प्रधानमन्त्री
सेर बहदुर देउवा ज्यु,
तपाईलाइ सामुन्ये भेटेर कुरा गर्न नमिल्ने भएकोले यो पत्र कोर्दैछु किनकी नेपालमा स्वरोजगार नभएको कारण बिदेशीएका लाखौ युवा मध्येको एक म पनि हो। सर्बप्रथम त तपाइलाई नमस्कार तर स्मरण रहोस नमस्कार गर्नको लायक चाहि तपाईं हुनुहुन्न। तपाइलाई म यो कुरा जानकारी गाराउन चाहन्छु कि तपाईं प्रधानमन्त्री देस र जन्ताको हितको लागि जन्ता स्वयमले चुनेर माथी पुर्याईएको मान्छे। तर बिडम्बनाको कुरा जुन ठाँउमा आज तपाईं हुनुहुन्छ तेहि ठाँउ सम्म पुग्नका लागि जस्ले तपाइलाई मद्धत गरे आज तिनै जन्ताको सवाल को जवाफ दिन सक्नु भएन, किन?
देसको सम्पुर्ण जिम्मेवारी बहन गर्ने ब्याक्ति, जन्ताको लागि मरिमेट्ने ब्याक्ति तपाईं जस्तो मान्छेलाई बनएकोमा सम्पुर्ण देसबिदेस का युवाहरु अत्यान्तै दुखी छन। माफ गर्नुहोला प्रधानमन्त्री ज्यु नत तपाईले बोल्नै जान्नु हुन्छ नत तपाइमा देसको प्रधानमन्त्री बन्न सक्ने छमता नै छ। तपाईं भन्दा बरु एउटा साधारण सन्चारकर्मीले देस लाई उन्न्तितर्फ लम्काउन सक्छ भन्ने देसभरका सम्पुर्ण जनतालाई थाहा भैसकेको जानकारी गराउन चाहन्छु। प्राकृति ले हरभर बिस्वकै सुन्दर देस जहाँ अनेकौ भासा धर्म सस्कृती ले सजिएको छ मेरो देस गर्व लाग्छ मलाई नेपाली हुनुमा तर जुन देसमा कानुन भएर पनि लागू हुदैन, जहाँ बुद्ध को जन्म भएको थियो त्यहाँ मैनौ दिन सम्म हाडताल,आतन्क मचाइन्छ, जहाँ कानुन को ब्याबस्था पनि छ तर तेहि कानुनको जिम्मेवारी बहन गर्ने ब्यातिलाइ जिहुदै जलाइन्छ, जहाँ पृथ्वीनारायण साहले खण्ड खण्ड लाई एक गरेर जोडिएको देस फेरि पनि दिनरात बिखण्ड पार्नलाई माथी बसेर तल जन्तालाई लगाइएको छ। राजतन्त्र को अन्त्य भएको दिन देखि आज सम्म पनि जनताले सुखको सास फेर्न सकेका छैनन।
भुकम्प पीडित आज पनि खुल्ला आकस मुनि बसेर दिनरात गुजार्दै छन तर चुनावी मावलमा करोडौं को मासु र रक्सी खुवाइन्छ, किन मन्त्री ज्यु?
आफ्नो देसको त दिन सक्ने औकात छैन तर पाराया देसले दिएको सहयोग पनि सम्बन्धित मान्छे सङ्ग पुगेको छैन आज सम्म, किन मन्त्री ज्यु??
मलाई था छ तपाईंले कहा उत्तर दिन सक्नु हुन्छ र!
तपाईलाई जानकारी रहोस कुनै पनि देसको प्रधानमन्त्री एक पटक फेरिदा त्यो देस दस बर्स पछि पर्छ। हाम्रो देसमा हरेक ६ महिनामा प्रधानमन्त्री फेरिनु पर्छ अब आफै सोच्नुहोस देस अघि या पछि जादैछ? यो देसमा प्रधानमन्त्री ले निभाउनु पर्ने र ध्यान राख्न पर्ने कुराहरु धेरै छ्न जानकारी गराउन चाहन्छु ताकी बेलैमा तपाईंको ध्यान जाहोस। हत्या,हिंसा,बलात्कारि,गुनडागर्ती देखि लिएर एउटा प्रहरी प्रसासन तथा सरकारी कार्यलय सम्म का शोषण अनि अत्यचारका गतिबिधी हरु हामिले बारम्बार सुन्दै र देख्दै पनि आइरहेका छौ, तर सरकार लाई चिल्लो कार, देसबिदेस घुम्फिर भएसि यस्ता जन्ताका भलाईका कुरा प्रती सरकार को ध्यान नै जादैन।
आज सम्म नेपालका कतिपय ठाँउहरुमा बोक्सी, धामी,झाक्री को अन्धबिस्वसले पनि कतिले ज्यान गुमाउनु परेको हामिले देखे सुनेका छौ। कति ठाँउमा स्कुल छैन, बाटेाघाटेा छैन, गरिब दुखी जनता आज पनि पछि नै छन र यो कुराले देस बिकास त परै जाहोस मन्त्री ज्यु नेपालको कुनै एउटा गाउ सम्म बिकास हुनेवाला छैन।
तसर्थ यो सम्पुर्ण कार्यलाई मध्यनजर गरेर अगाडी बढन सक्ने क्षमता तपाईमा छैन र तपाईं जस्तो एउटा जनताको सवालको जवाफ दिन नसक्ने ब्यातिले बिकाउन्मुख तरिकाले देस त के एउटा नगरपालिका पनि चलाउन सक्नुहुन्न।
त्यस कारण म तपाईलाई बिनम्र अनुरोध गर्दछु तपाईले चाडेा भन्दा चाडेा राजिनामा दिएर, देसको लागि क्षमतावान,बुद्धिजिबि,पढेलेखेको, देसलाई सच्चा माया गर्ने,निस्वार्थी, कर्मठ र साहसि ब्यातित्वलाई देसको जिम्मा लगाइ दिनु होला। हवस्त बिदा चाहन्छु।
उहीँ नेपाल आमाको सच्चा सपूत
रोहित चम्लागाई
घर झापा हाल प्रवासमा



