नेकपा एमालेले विधान अधिवेशनमा भाग लिने प्रतिनिधिहरूका बारेमा छलफल गरेको छ । ललितपुरस्थीत तुलसीलाल स्मृति प्रतिष्ठानमा शनिबार बसेको एमाले स्थायी कमिटी बैठकमा बिधान अधिवेशनको बिभिन्न एजेण्डामध्ये प्रतिनिधिका बिषयमा छलफल भएको एमाले सचिव योगेश भट्टराईले जानकारी दिनुभयो । देशभरबाट करीब तीन हजार प्रतिनिधि हुने प्रस्ताव आएको उहाले बताउनुभयो ।

केन्द्रीय कमिटी, केन्द्रीय निकाय, केन्द्रीय विभाग, प्रदेश कमिटी, विशेष कमिटी, जनसंगठन, स्थानीय तहका प्रतिनिधिलगायतबाट प्रतिनिधि गराउने बिषयमा छलफल भएको र शनिबार नै बस्ने अर्को बैठकले टुङ्गो लगााउने जानकारी दिनुभयो । त्यस्तै उहाले एमसीसीका बारेमा सरकारको धारणा सार्वजनिक भएपछि एमालेको धारणा सार्वजनिक हुने बताउनुभयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सत्ता गठबन्धनले सदनमा टेबुल नगरि यस बिषयमा बोल्नु हतार हुने उहाले बताउनुभयो । उहाले केहि संशोधनसहित यसलाई अघि बढाउन आफुहरु सकारात्मक रहेको बताउनुभयो ।

त्यस्तै भट्टराईले आफू प्रचार विभाग प्रमुख र प्रदीप ज्ञवाली प्रवक्ता रहेको जिकिर गर्नुभयो । यसअघि प्रचार बिभाग प्रमुखले नै पार्टी गतिबिधीका बारेमा जानकारी गराउने प्रावधान रहेकाले आफुले त्यही भूमिका निर्वाह गरेको अहिले प्रवक्ता ज्ञवाली नै रहेको उहाले बताउनुभयो । एमालेको बैठकले नै प्रवक्ता ज्ञवाली नै रहने वा आफू हुने भन्ने निर्णय गर्ने उहाको भनाई छ ।