मुख्य खबर

नेकपा एमालेका महासचिव इश्वर पोखरेलद्धारा बाटो बिराएकालाई पार्टीमा फर्केर क्रियाशिल हुन आह्वान


  काठमाडौँ   सवालनेपाल   २०७८ भाद्र २६, १७:३५

नेकपा एमालेका महासचिव इश्वर पोखरेलले बाटो बिराएकालाई पार्टीमा फर्केर क्रियाशिल हुन आह्वान गर्नुभएको छ । एमाले दोलखा काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा गरेको भेलामा महासचिव पोखरेलले एमालेलाई नयाँ ढंगले अघि बढाइने भन्दै बाटो बिराएकालाई पार्टीमा फर्केर क्रियाशिल हुन आह्वान गर्नुभएको हो ।

उहाले एमालेले मुलुभर नै २०७५ जेष्ठ दुइ गते अघिकै आधारमा पार्टीलाई एकीकृत गर्दै अघि बढने र अन्य दलबाट आएकाहरुलाई उचित स्थान दिइने स्पष्ट पार्नुभयो । उहाले एमाले एकता चाहने पार्टी भएको भन्दै दुईचार जना चोइटिएर जादैमा कुनै फरक नपर्ने जिकिर गर्नुभयो । पोखरेलले बिभाजनमा जाने माधव नेपालको कदम दुभाग्र्य रहेको बताउनुभयो । उहाले पार्टी सदस्यता विस्तार गरी पार्टी निर्माणतर्फ लाग्न आग्रह पनि गर्नुभयो । कार्यक्रममा दोलखा–काठमाडौं सम्पर्क मञ्चका पदाधिकारीलाई सपथ ग्रहण गराइएको थियो ।

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार