प्रदेश १

झापामा एमालेको अगुवा कार्यकर्ता भेला सुरु, ओलीले केहीबेरमा सम्बोधन गर्दै


  झापा   सवाल नेपाल   २०७८ भाद्र २९, १४:५२

झापा, २९ भदौ । नेकपा एमालेको झापा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला विर्तामोडमा सुरु भएको छ । कार्यक्रमलाई प्रदेश नं. १ का एमाले अध्यक्ष देबराज घिमिरे, पार्टीका केन्द्रीय सदस्य देबेन्द्र दाहाल र हिक्मत कार्कीले सम्बोधन गरेका छन् । नेताहरुले बोल्ने क्रम जारी छ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओली प्रमुख अतिथिको रुपमा सभामा उपस्थित भइसकेका छन् भने अतिथि नेताहरुको मञ्चासन भइसकेको छ । ओलीले केहीबेरमा कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् ।

भद्रपुरकी उपप्रमुख चन्द्र श्रेष्ठले कार्यक्रममा स्वागत मन्तब्य ब्यक्त गरेकी छन् भने भेलाको अध्यक्षता जिल्ला इञ्चार्ज रविन कोइरालाले गरेका छन् । स्वागत मन्तब्यको क्रममा बोल्दै श्रेष्ठले नेकपा एमालेलाई एकताबद्ध बनाउने बताइन् । नेकपा एमालेको विभाजन भएपछि नेकपा एकीकृत समाजबादी गठन भइसकेको छ । विभाजनपछि अध्यक्ष ओलीको झापामा यो पहिलो प्रत्यक्ष सम्बोधन हो । यसअघि दमकको एउटा पार्टी कार्यक्रमलाई ओलीले विद्युतीय माध्यमबाट सम्बोधन गरेका थिए । आजको भेलामा झापाका गाउँपालिका तथा नगरपालिकाका नेकपा एमालेका जनप्रतिनिधिहरुको विशेष उपस्थिति रहेको छ ।

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार