कोरोना भाइरस कोभीड १९ को दोश्रो भेरियन्टका कारण बन्द उदयपुरका शैक्षिक संस्था खुल्न थालेका छन् ।कोरोन संक्रमण जोखिम बढे संगै देश भर गरिएको लकडाउनका कारण गत बैशाख १४ गते बाट बन्द भएका उदयपुर जिल्लाका शैक्षिक संस्थाहरु स्वास्थय सुरक्षाका मापदण्ड पालन गर्दै खुल्न थालेका हुन् ।

जिल्ला प्रशासन कार्यालय उदयपुरले लागू गर्दै आएको निषेधाज्ञा पनि समेत खुकुलो पारिसकेको छ । जिल्लामा कोरोना संक्रमितको संख्यामा कमि आउन थालेपछी जिल्लाका सामुदायीक तथा संस्थागत बिधालयहरु भौतिक रुपमै संचालित हुन थालेका हुन् । जिल्लाका अधिकांस बिधालय भौतिकरुपमै खुलेका भए पनि बिद्यार्थीलाई अनिवार्य माक्स र सेनिटाइजरको प्रयोग गराउदै कक्षा संचालन गरिएको छ। हाल संक्रमणको जोखिम पूर्णतः नसकिएकोले बिद्यालयहरुमा भिडभाड कम गर्न दुई सिफ्टमा पढाई संचालन गरिएको ज्योति मा.बि. बेल्टारका प्रधानअध्यापक राजकुमार ओझाले बताउनुभयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बिगत ५ महिना देखि बिद्यालय बन्द हुँदा बिद्यार्थीको भविष्य नै अन्धकार हुँदै गएको भन्दै अभिभावक चिन्तित हुँदै गरेको अवस्थामा भौतिकरुपमा पठनपाठन सुरु भएपछि उनीहरु खुशी भएका छन् ।