बिष्णुप्रसाद पोखरेल
दमक/झापाको कमल गाँउपालिकामा झापाको मात्र नभएर पूर्वी नेपालको नै पहिलो कार्यकारी महिला प्रमुखको रुपमा नेकपा एमालेकी नेतृ मेनुका काफ्ले स्थानीय सरकारको कार्यकारी प्रमुख बनेकीछन् ।

नेपाली काँग्रेसका कमल गाँउपालिकाका अध्यक्षका उम्मेद्वार हुकुमसिंह राइसंग बराबरी भएपछि गोलाप्रथा हुँदा काफ्लेले यो सौभाग्य पाएकीहुन् । यसले देशभर नयाँ तरंग ल्याएको छ ।

स्थानीय तहको निर्वाचनमा यो पहिलो घटना हो बराबरी भएर गोलप्रथाबाट अध्यक्ष चयन भएको । ८ हजार २ सय ७५ मत दुबैको आएको थियो । त्यसपछि पुन मतगणनाको माग भएपनि यसलाइ निर्वाचन अधिकृतको कार्यालयले ठाडै अस्वीकार गरेको थियो ।

कडा टक्करका बीच एकले अर्कालाइ चुनौती दिदै अघि बढेका थिए । काँग्रेसका अध्यक्षका उम्मेदवार राइले यस गाँउपालिकामा राम्रो पकड बनाएका कारण पनि काफ्लेलाइ काँग्रेस उम्मेदवार राइलाइ हराउन सकस भएको थियो ।

काफ्ले एमालेभित्र ठूलो संघर्ष गरेर आएकी नेतृ हुन् । जो प्रजातन्त्रका लागि लडेकी थिइन् । उनले एक चुनावीसभामा आफूले एकहातमा बच्चा र अर्को हातमा मसाल समाएको स्मरण गराएकी थिइन् ।

कारुणिक जिबन कथा रहेकी उनलाइ यहाँ जित हासिल गर्नु फलामको चिउरा जस्तो बन्यो । एमालेको पकड क्षेत्र मानिएपनि निर्वाचनमा यस्तो सकसपूर्ण अवस्थामा उनलाई भाग्यले साथ दिएको छ ।

उनले अब कमल गाँउपालिकालाइ हिलोबाट फूल्ने सुन्दर कमलको फूल जस्तै बनाउने प्रतिबद्धता जनाइएकीछन् । उनले यसलाइ आफूले अवसरको रुपमा लिएर मतदाताहरुको भावाना बिपरित काम नगर्ने प्रतिबद्धता पनि जनाएकीछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah