काठमाडौं । एप्पल कम्पनीले आईफोन १३ सिरिजसहित विभिन्न प्रोडक्टहरु सार्वजनिक गरेको छ ।
मंगलबार आयोजित एक कार्यक्रमका बीच कम्पनीले आईफोन १३, आईफोन १३ मिनि, आईफोन १३ प्रो र आईफोन १३ प्रो म्याक्स गरी ४ मोडलमा नयाँ सिरिज घोषणा गरेको हो ।
ए१५ बायोनिक चिपयुक्त आईफोन १३ मा अहिलेसम्मका सबै स्मार्टफोनको तुलनामा फास्ट सीपीयू रहेको कम्पनीले दाबी गरेको छ । यो फोनमा १६ कोर न्युरल इन्जिन रहेकोले आईओएस १५ को साथमा प्रयोगकर्ताले विशिष्ट अनुभव प्राप्त गर्न सक्नेछन् ।
आईफोन १३ मा क्यामेरामा पनि सुधार गरिएको छ । यसमा पहिलोपटक दुई ओटा क्यामेरा दिइएको छ । जसमा १२ मेगापिक्सेलको वाइड एंगल लेन्स र १२ मेगापिक्सेलको अल्ट्रा वाइड क्यामेरा रहेका छन् ।
फाइभजी कनेक्टिभिटीको सुविधासहितको आईफोन मिनीको मूल्य ६९९ अमेरिकी डलर र आईफोन १३ को मूल्य ७९९ अमेरिकी डलर रहेको छ । एप्पलका यी नयाँ प्रोडक्टहरु अर्को साताबाट बजारमा उपलब्ध हुनेछन् ।










