मुख्य खबर

सरकारका कारण बजेट होलिडेको अवस्थामा पुग्‍यो,सुवास नेम्वाङ


  काठमाडाैं   सवाल नेपाल   २०७८ भाद्र ३०, १५:०२

विराटनगर। नेकपा एमालेका उपनेता सुवास नेम्वाङले सरकारकै कारण बजेट होलिडेको अवस्थामा पुगेको बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सो कुरा बताएका हुन् ।

यसअघि एमाले विभाजनका लागि हतार(हतार अधिवेशन अन्त्य गरेको बताउँदै उनले समयमा नै बजेट पास गर्न सरकारले ध्यान नदिएको बताए । पूर्वसभामुख समेत रहेका एमाले उपनेता नेम्वाले सभामुखको भूमिका पनि विभेदकारी भएका कारण आफूहरुले विरोध गरेको बताए ।

‘प्रतिपक्ष सदन अवरुद्धमा उत्रेको छ, सदन अवरुद्ध गर्ने यतिका दिनसम्म कामकारवाही पश्चात किन सत्ता पक्ष पटक्कै यसबारेमा ध्यान पुर्‍याइरहेको छैन, छलफल गरेको छैन, यस्तो बेलामा सभामुखले दिनमा १५ पटक छलफल राख्नुपर्छ,’ उनले भने,‘ सभामुख हाम्रो नेता हो, संसदमा रहेका सम्पूर्ण दलको नेताजस्तो व्यवहार गुर्नपर्छ , उहाको व्यवहार त्यस्तो भएन कि भन्ने प्रश्न मनमा उब्जिएको छ ।’

नेकपा एमाले विभाजनका लागि यसअघि आह्वान गरेको सांसद हतार हतार स्थगीत गरेको उल्लेख गर्दै उनले सभामुखको भूमिका पनि निष्पक्ष नभएको बताए ।

साउन ३२ देखि भदौ २३ गतेसम्म एमाले विभाजनका लागि सदन स्थगित गरेको बताउँदै उनले बजेट खर्च गर्न नसक्ने अवस्था सृजना गर्न सरकार जिम्मेवार रहेको बताए ।

‘हाम्रो अवरोधले केही रोक्ने वाला थिएन्, सरकारले काम गरिरहेको थियो,’ उनले भने,‘हिजो अचानक हामीसँग छलफल नगरीकन एकै पटक बैठकलाई ४ गते सम्म पुर्याइदिए, अर्थात बजेट पारित गर्न सरकारलाई हतार रहेनछन् ।’ बजेट खर्च गर्न नसकिने अवस्थाको जवाफ सरकारले दिनुपर्ने बताए ।

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार