मुख्य खबर

तोकिएको समयभित्रै गुणस्तरिय निर्माणको काम सम्पन्न गर्न सिँचाइमन्त्री भुसालको आहग्र


  काठमाडाैं   सवाल नेपाल   २०७८ भाद्र ३०, १५:४६

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले तोकिएको समयभित्रै गुणस्तरिय निर्माणको काम सम्पन्न गर्न व्यवसायीहरुलाई आहग्र गर्नुभएको छ । बुधबार ललितपुरमा नेपाल राष्ट्रिय निर्माण व्यवसायी संगठनको १२ औ साधारणसभामा मन्त्री भुसालले भौतिक पूर्वाधारको बिकास बिभिन्न निर्माणद्वारा पुरा हुने भएकाले समय र गुणस्तरमा ध्यान दिन आग्रह गर्नुभएको हो ।

उहाले मुलुकको बिकासमा निर्माण व्यवसायीको भूमिका अपरिहार्य रहेको बताउनुभयो । मन्त्री भुसालले केहि नीति नियमहरु निर्माण व्यवस्यायीको हितमा नरहेको स्वीकार गर्दै आवश्यक संशोधनको प्रक्रिया सुरु भइसकेको उल्लेख गर्नुभयो । फरक प्रसंगमा उहाले बिभिन्न आन्दोलनबाट प्राप्त उपलव्धीलाई समाप्त पार्ने प्रतिगमनकारी कदमलाई पराजित गर्दै अग्रगमनको बाटोमा अघि बढ्न सफल भएको जिकिर गर्नुभयो ।

उहाले संघीय संसदमात्र नभएर प्रदेशका सभाहरुमा समेत अवरोधको प्रयास हुन थालेको भन्दै आफुहरु प्रतिगमनबिरुद्ध निरन्तर संघर्ष गर्ने धारणा राख्नुभयो । कार्यक्रममा व्यवसायीहरुले आयोजना निर्माणका क्रममा केहि नीति नियमले आफुहरुलाई बाधेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected]gmail.com मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार