राशिफल

भाद्र ३१ गते बिहिबार, कुन-कुन राशिलाई कति शुभ ? हेर्नुहोस् राशिफल…


  काठमाडौं   सवाल नेपाल   २०७८ भाद्र ३०, २१:१३

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :

मन स्थिर नहुनाले उल्झनमा परिने छ। नोकरी तथा व्यवसाय प्रतिस्पर्धाको स्थिति सिर्जना हुनसक्छ । वैदिशिक यात्राको योजना सम्पन हुनेछ । नयाँ कामको लागि प्रेरित भइने छ । रमाइलो यात्राको योग बनेको छ । बौद्धिक तथा लेखन कार्यमा राम्रो समय रहेको छ । कुनै पनि महत्वोपूर्ण निर्णय लिनको लागि उचित समय रहेको छैन ।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :

मनमा दुबिधा बढ्नाले उचित निर्णय लिन सकिने छैन । हातमा आएको अवसर गुम्न सक्छ । रिसा स्वभावको कारण विवादमा पर्न सकिन्छ । लेखक तथा कलाकारहरुलाइ आफ्नो प्रतिभा देखाउने समय रहेको छ । बोलीको प्रभावको कारण कार्य सम्पन्न हुनेछ र बिलिकै कारण कसैलाई प्रभावित गर्न सक्नु हुनेछ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :

दिन लाभ दाएक रहेको छ । आफन्त तथा साथिहरु संग बसेर उत्तम भोजन हुनेछ । आर्थिक लाभ हुनेछ साथै उपाहार पाउने योग बनेको छ । मन खुशी हुनेछ । रमाइलो यात्राको सम्भावना रहेको छ । दाम्पत्य जीवनमा खुशी छाउने छ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :

मन उदास हुनुको साथै स्वास्थ्य समस्याले सताउन सक्छ । मनमा द्विधा बढ्नाले कार्यशक्तिमा कमि आउने छ । बिषेस गरेर परिवारक सदस्य संग वविवाद हुनसक्छ । आमाको स्वास्थ्यमा समस्या आउनसक्छ । खर्च बढ्ने छ । मित्रको सहयोग मिल्नेछ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :

लाभ हुने समय रहेको छ । कार्यमा बिलम्ब हुदा हातमा आएको धन गुम्न सक्छ । साथीभाई तथा स्त्री मित्रबाट लाभ हुनेछ । नोकरी तथा व्यवसायमा लाभ हुनेछ । दाम्पत्य जीवनमा खुशी छाउने छ । पुत्र तथा पत्नीबाट लाभ हुनेछ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :

नयाँ कामको थालनीको लागि उत्तम समय रहेको छ । व्यापारमा लाभ हुनेछ । लगानी गरेको धन उठ्ने छ । नोकरीमा पद बढ्ने छ । पिताबाट लाभ हुने सम्भावना रहेको छ । परिवारमा आनन्द र उत्साहको स्थिति सिर्जना हुनेछ । सरकारी क्षेत्रमा गरेको कार्य सम्पन्न हुनेछ । दिन रमाइलो र उत्साहको साथ बित्नेछ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :

धार्मिक यात्राको सम्भावना रहेको छ। यात्रा सफल हुनेछ । वैदिशिक यात्राको लागि समय अनकुल रहेको छ । सन्तानको स्वास्थ्यमा समस्य आउनाले चन्ता बढ्ने छ । उच्चअधिकारी तथा सहकर्मीको सहयोग मिल्नेछ। बोलीको प्रभाव बढ्ने छ ।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :

निकै सावधानी अपनाउनु पर्ने दिन रहेको छ । नयाँ कामको थालनीको लागि समय उचित रहेको छैन । रिसको कारण मनमा अनैतिक बिचार आउन सक्छ । समयमा भोजन गर्नुहोला अन्यथा स्वास्थ्यमा समस्या आउन सक्छ । राज्य क्षेत्रबाट लाभ हुनेछ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :

बौद्धिक, तार्किक, विचार आदानप्रदान र लेखन कार्यको लागी शुभ समय रहेको छ । साथि भाइ संग रमाइलो यात्रा हुनुको साथै उत्तम भोजन हुनेछ । नयाँ वस्त्र धारण गर्ने अवसर मिल्नेछ। बिपरित लिङ्ग प्रति आकर्षण बढ्ने छ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :

व्यापार विकास हुनेछ। आर्थिक लाभ हुनेछ । आर्थिक लेन-देनमा सहज हुनेछ । परिवारमा शुख शान्ति छाउने छ । सहयोगीको सहयोग मिल्नेछ । आमाबाट शुभ समाचार मिल्नेछ । प्रतिस्पर्धीलाइ पराजित गर्न सकिने छ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :

सन्तान चिन्ता बढ्ने छ । पेट सम्बन्धि समस्याले सताउन सक्छ । अचानक बिचार परिवर्तन हुदा मनाषिक खलबल हुनसक्छ । यात्रामा समस्य आउन सक्छ । मध्यान्ह पछी स्वास्थ्यमा सुधार हुनेछ । बाबुबाट सहयोग मिल्नेछ ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :

शारीरिक र मानसिक डर रहनेछ। आफन्तहरु संग विवाद हुनेछ। आमाको स्वास्थ्य बिग्रनेछ। निन्द्रामा समस्या आउनसक्छ । धन र प्रतिष्ठाको हानि हुनेछ। महिला र पानीबाट टाढा रहनु होला । बोलीको कारण कसैलाई प्रभावित गर्न सकिने छ ।

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार