काठमाडौं । नेपाल टेलिकमको कलर रिङ ब्याकटोन सिआरबिटी परिवर्तन भएको छ । कोरोना महामारीको रुपमा फैलिएको कोरोना भाइरस९कोभिड १ सय ९० रोकथामका लागि सचेतनामुलक सन्देश दिँदै आएको टेलिकमले सिआरबिटी परिवर्तन गर्दै राष्ट्रिय जनगणनामा सहयोग गर्न सबैलाई अपिल गरेको हो।

उक्त कलर रिङ ब्याकटोन आजबाट परिवर्तन गरेको हो । परिवर्तित रिङ ब्याकटोनमा भाद्र ३० गतेदेखि असोज १८ गतेसम्म हुने घर परिवार सूचीकरणको कार्यमा आउने सुपरिवेक्षकलाई सहयोग गरि राष्ट्रिय जनगणना(२०७८ लाई सफल पार्न अनुरोध गरिएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसअघि टेलिकमले कोभिड १९ मुख्य लक्षणहरुका बारेमा जानकारी दिँदै सुरक्षित राख्नका लागि स्यानिटाइजर वा नियमित साबुन पानीले हात धुन, भीडभाडमा नजान तथा गएपनि मास्क प्रयोग गर्न, सम्भावित लक्षण देखिए स्वास्थ्य संस्थामा सम्पर्क राख्न सुझाव दिएको थियो।