नेपाल प्रहरीको साइबर ब्यूरोले ह्वाट्सएप, भाइबर, इमो लगायतका सामाजिक सञ्जालबाट चिठ्ठा परेको छ भनेर ठगी हुने गरेको भन्दै त्यसबाट सचेत हुन आग्रह गरेको छ।

ब्यूरोले बिहीबार एक सूचना जारी गर्दै ह्वाट्सएप, भाइबर, इमो लगायतका विभिन्न सोसल एप मार्फत भिडियो, अडियो तथा टेक्स्ट म्यासेज गरी तपाइलाई यति रकम चिठ्ठा परेको छ भनेर ठगी हुने गरेको र त्यसबाट सर्तकता अपनाउन अनुरोध गरेको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘उक्त चिठ्ठा परेबापत ट्याक्स क्लियरेन्स गर्नु पर्ने भएकोले बैङ्क तथा अनलाइन पेमेन्ट गेटवेमा पैसा जम्मा गर्न लगाई ठगी गर्ने प्रवृत्ति बढीरहेको पाईएको हुँदा यस्ता भ्रामक कुरामा विश्वास नगरी प्रविधिको दुरुपयोगबाट बच्न तथा ठगी हुनबाट सतर्कता अपनाउन साइबर ब्यूरो अनुरोध गर्दछ,’ ब्यूरोको सूचनामा भनिएको छ।