नेकपा (एमाले) का स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले वर्तमान सत्ता गठबन्धनलाई लोभी पापीहरुको गठबन्धनको संज्ञा दिनुभएको छ ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उहाले सत्ता गठबन्धन चुनावमा जानको लागि डराएको पनि बताउनुभयो । संसद् औचित्यविहीन भएकोले तत्काल निर्वाचनमा जानुपर्ने आफूहरुको माग भएको उहाको भनाई छ । रायमाझीले आफ्नो पार्टीले उठाएका माग पूरा नभएसम्म संसद् अवरुद्ध कायमै रहने पनि स्पष्ट पार्नुभयो ।

एमसीसीबारे सरकारले आफ्नो पोजिसन क्लियर गरेपछिमात्रै आफूहरुको धारणा आउने उहाले बताउनुभयो । उहाले एमाले र माओवादी केन्द्रबीच हतारमा एकता गरिएको भन्दै गुनासो पोख्नुभयो ।

नेकपा हुँदा सहमतिमै पार्टीको अध्यक्ष, संसदीय दलको नेता र प्रधानमन्त्री केपी शर्मा ओलीलाई बनाईएको र तीन वर्षसम्म सबै ठीकठाक चलेको उहाले बताउनुभयो । उहाले संविधानको पालना नहुने अवस्था आएपछि संसद् विघटन गरेर नयाँ ताजा जनादेशमा जाने कुरा संविधानको रक्षा भएकोले तत्कालिन् प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर चुनावको मिति घोषणा गरेको पनि जिकिर गर्नुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

divinegc.com
mimislot
mimislot
Social Media Strategy
babaslot
mimislot
slot gacor
arhivs.jekabpilslaiks.lv