हुम्ली र बझाङी ठकुरी बस्तीको गौरा धनगढीमा पनि मनाईएको छ । सुदूरपश्चिमका अन्य जिल्लामा केही दिन अघि गौरा मनाएर सकिए पनि हुम्ला र बझाङका ठकुरीहरुले भने हिजोआज गौरा मनाइरहेका छन् ।
सुदूरपश्चिम र कर्णली प्रदेशका पहाडि जिल्लामा मनाउने पर्ब पछिल्लो समय तराईका जिल्लामा मनाउन थालेका छन् । तिजपछि उजेली गौरा भन्दै बझाङी ठकुरी समुदायले धनगढीको जुगेडा गाउँमा गौरा पर्व मनाएका हुन् ।
धार्मिक विधि तथा परम्पराअनुसार विभिन्न मठमन्दिर तथा घरमा गौरा भित्राएर तीन दिन ब्रत बसी बुधबार समापन गरेका छन् । ब्रतालु महिलाले धान, साउँ, तिल, बेल र कुशसहितको पञ्च वनस्पति प्रयोग गरी गौरा भगवतीको प्रतिमा तयार पारी धार्मिक परम्पराअनुसार भित्र्याएर तीन दिन ब्रत बसेर समापन गरिएको छ ।

पुरुषहरुले ढाल तरबार सहितको खेल खेल्ने गर्छन् भने ब्रत बसेका महिलाहरुले गीत गाउने, नयाँ कपडा र गहनामा सजिएर नाच्ने गर्छन् । ब्रतालुहरुले हातमा पातीको डाँठ समातेर भगवानको गाथा गाउँदै गोलो घेरा बनाई खेल खेल खेल्ने गर्छन् ।
हुम्ली र बझाङी ठकुरीहरुले तिजपछि गौराको पूजा गर्ने चलन रहेको बताउँदै धनगढी उपमहानगरपालिकाकी उपमेयर सुशीला मिश्र भट्टले सबैको भेषभुषा र संस्कृतीलाई जगेर्ना गर्नो उदेश्यले यस पर्वलाई बिशेष पर्वको रुपमा लिएको बताउनुभयो ।
विभिन्न संस्कृति भेषभुषाका नागरिक बसोबास गर्ने भएकोले वडा कार्यालयबाट पनि बर्षेनी सो े मन्दिरका लगि बजेट बनियोजन गर्ने गरेको वडा नम्बर १२ का वडा अध्यक्ष गणेशप्रसाद जोशीले बताउनुभयो ।




