नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले असोजको पहिलो साताभित्र मन्त्रिमण्डल विस्तार हुने बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनको भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले असोजको पहिलो साताभित्र मन्त्रिमण्डल विस्तार हुने र सवै मन्त्रालयले सहज रुपमा काम गर्ने बताउनुभयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसअघिको सरकार दक्षिणपन्थी सरकार भएको भन्दै अध्यक्ष नेपालले वर्तमान सरकारले पूर्णरुपमा जनताका लािग काम गर्ने र आफ्नो पार्टीको पूर्ण सहयोग हुने जिकिर गर्नुभयो । उहाले निरंकुश र गलत बाटोमा गइरहेको सरकार जनताबाट त्यागिएको बताउनुभयो ।

अध्यक्ष नेपालले सत्ता गठबन्धनलाई बलियो बनाउनका लागि आफ्नो तर्फबाट पूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो । अध्यक्ष नेपालले कतिपय व्यक्तिहरु अझै पनि अलमलमा परेको भन्दै छिटै एकीकृत समाजवादीमा आउने बताउनुभयो ।

त्यस्तै नेता नेपालले असल व्यवसायबाट कमाएको धनलाई सहि उपयोग गर्न व्यवसायीलाई सुझाव दिनुभयो । उहाले अहिले मिटर व्याजीका कारण केहि जनताले दुख पाएको भन्दै यसलाई निरुत्साहित गर्न सरकारको ध्यानाकर्षण गराएको बताउनुभयो । उहाले पार्टीलाई शसक्त बनाउनका लागि आफ्नो ठाँउबाट सकारात्मक भूमिका खेल्न आह्वान पनि गर्नुभयो ।