विद्यालय जीवनमा सरस्वती उच्च मा वि देखि नै सक्रिय राजनीति शुरु गरेका अमित थापा दमकको राजनीतिमा राम्रो प्रभाव पार्नसक्ने उदयमान नेतृत्वको रुपमा परिचय बनाउदै आएका छन।
वि.सं. २०५५ सालमा नेविसंघ दमक क्याम्पसको इकाइ सदस्य बनेर झनै सक्रिय बनेका अमित नेपाली कांग्रेसको १३ औं महाधिवेशन मार्फत दमक नगर सदस्यमा निर्वाचित भएका थिए। उनै अमितले यो चौधौं माहाधिवेसनको माहोलमा नेपाली कांग्रेस दमक नगर सहसचिवको रुपमा उम्मेदवारी दिएका छन।
दमककै कान्छा सभापतिको उम्मेदवारको रूपमा परिचय बनाएका रोसन बिष्टको प्यानल बाट उनले उक्त उम्मेदवारी दिएका हुन। रोसन बिष्ट १३ औं महाधिवेशन मार्फत दमक नगर सभापतिमा निर्वाचित भएका थिए।
बिगत लामो समयदेखि पुर्वाञ्चलकै पहिलो QAA प्रमाणित दमक बहुमुखी क्याम्पसको चमेना गृहको संचालन गर्दै आएका उनि दमकका एक सफल युवा व्यवसायीका रुपमा स्थापित व्यक्तित्व समेत हुन। "अब युवा सोच भएका सवैजना आट्ने कांग्रेस बनाउनको निम्ति दिनरात खटेर लाग्नको लागि मेरो उम्मेदवारी हो, अमित भन्छन।
उनि अगाडि थप्छन "अघिल्लो पटक सदस्यमा निर्वाचित हुदा सिकेका कुराहरूको सदुपयोग गर्दै , नेपाली कांग्रेस दमकलाइ गुटबन्दी भन्दा माथि उठाएर संगठित गर्दै आगामी निर्वाचनमा कांग्रेसलाइ पहिलो पार्टी बनाउन मेरो सम्पूर्ण शक्ति प्रयोग गर्नेछु,"।










