मोरङको सुनवर्षी नगरपालिका ४ मा नालीको पानीमा डुबेर मृत्यु भएको अवस्थामा शनिबार बिहान एक पुरुषको शव फेला परेको छ।

स्थानीय ५१ वर्षीय दुर्गाप्रसाद ऋषिदेव मृत फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए। उनका अनुसार आफ्नै घरदेखि ३ सय मटिर उत्तर–पश्चिममा रहेको बाटो छेउको नालीमा डुबेर मृत्यु भएको अवस्थामा ऋषिदेवको शव बिहान ६ बजेतिर भेटिएको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

स्थानीय बासिन्दाले ऋषिदेवलाई मृत फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए। घटनाका बारेमा अनुसन्धान थालिएको श्रेष्ठको भनाइ छ। अन्नपूर्ण पोष्टबाट