मेष–मेष राशिका लागि असोज महिनामा नयाँ कार्यको थालनी हुनेछ । वाहन लाभ हुने समय छ । जोश जाँगर र हिम्मत बढ्नेछ । कुनै कुराले मनमा शान्ति छाउला । व्यापार व्यवसायमा औसत लाभ हुनेछ, तर मध्य महिनामा भने स्वास्थ्य प्रति सजगता अपनाउनु पर्नेछ । पुँजी बजारको लगानी पनि त्यति राम्रो नहोला । यो महिनाको लागि शुभ अङ्क १,८ र शुभ रङ्ग सेतो वा केशरी हो । कुनै शुभकर्म गर्नु पूर्व पितृ देवको आमरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
वृष–यो महिना समग्रमा सकारात्मक महिना रहेको छ । ठूला व्यक्तिले तपाइको मेहनतको प्रशंसा गर्नेछन् । कला र गलाको प्रभाव बढ्दै जानेछ । पारिवारिक सुख मिल्नुका साथै सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् । कूटनीतिक नियोगको सहयोग मिल्नेछ । ब्यापार व्यवसायबाट आम्दानी हुनेछ । यो महिनाको लागि शुभ अङ्क ३,४ र शुभ रङ्ग हरियो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।
मिथुन–मिथुन राशिलाई यो महिनामा मिश्रित फल मिल्नेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नसक्छ । घर परिवारमा झैझमेलाको अवस्था आउला । नियमित खर्चसमेत बढ्ने योग छ । महिनाको उत्तरार्धबाट ठीक समयमा सही निर्णय लिन सकिनेछ । शैक्षिक क्षेत्रमा सफलता पनि मिल्नेछ । यो महिनाको लागि शुभ अङ्क ५,८ र शुभ रङ्ग हल्का पहेँलो वा रातो हो । शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महालक्ष्मीजीको स्मरण गरि आरम्भ गर्दा शुभ फल प्राप्त हुनेछ ।
कर्कट–कर्कट राशिका लागि असोज महिनामा नसोचेको ठाउँबाट धनागम हुनेछ । शुभ समाचार सुन्न पाइएला । ठूला व्यक्तिले तपाइको मेहनतको प्रशंसा गर्नेछन् । कला र गलाको प्रभाव बढ्नेछ । महिनाको अन्त्यबाट राजनैतिक कार्यमा बाधा आउनेछ । स्वास्थ्यमा तथा सौन्दर्यतामा धन खर्च हुनेछ । यो महिनाको लागि शुभ अङ्क २,९ र शुभ रङ्ग रातो वा पर्पल हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि गणेशजीको दर्शन गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।
सिंह–सिंह राशिका लागि असोज महिनामा नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । शुभारम्भको चर्चा चल्नेछ । विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । यो महिनाको लागि शुभ अङ्क १,६ र शुभ रङ्ग गुलाबी वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महालक्ष्मीजीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
कन्या–कन्या राशिका लागि असोज महिनामा जोश, जाँगर र हिम्मत बढ्ला । कुटुम्बबाट विशेष सहयोग मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनेछ । नयाँ लगानी र आर्थिक वृद्धि हुने देखिन्छ र व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । वैदेशिक यात्राको योग पनि बन्नेछ । यो महिनाको लागि शुभ अङ्क ६,८ र शुभ रङ्ग सेतो वा नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व देविको ध्यान गरि आरम्भ गर्दा अधिक लाभ हुनेछ ।
तुला–यो महिनामा नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । पढाइलेखाइमा पनि प्रगति गर्न नसकिने देखिन्छ । कार्य क्षेत्रमा सजग रहनु उचित हुने देखिन्छ । मध्य महिनामा वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । घर, जग्गा खरिद बिक्रीको योग छ । सफल यात्रा पनि हुन सक्छ । यो महिनाको लागि शुभ अङ्क २,६ र शुभ रङ्ग पहेँलो वा सेतो हो । कुन शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि बगलामुखीको स्मरण गरि कार्य आरम्भ गर्दा अत्यन्त लाभ प्राप्त हुनेछ ।
वृश्चिक–असोज महिनामा सामाजिक मान प्रतिष्ठा मिल्नुका साथै कला साहित्यका क्षेत्रमा विशेष लगाव रहनेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुने भएको छ । रमाइलो भेटघाट हुनेछ । मुद्दा मामिलामा सफलता पाइनेछ । महिनाको अन्त्यमा नजिकका व्यक्तिबाट कार्यमा बाधा आउला । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । यो महिनाको लागि शुभ अङ्क ३,७ र शुभ रङ्ग हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व पितृ देवताको आरधना गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
धनु–यो महिनामा लामो यात्रा सुखद् र सफल हुनेछ । चलाखीपूर्ण बोलीले कार्य सम्पादन हुनसक्छ । प्राविधिक क्षेत्रबाट सफलता मिल्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय छ । मध्य महिनाबाट आफ्नो विचार विपरित निर्णय हुनेछ । बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । यो महिनाको लागि शुभ अङ्क १,७ र शुभ रङ्ग गुलाबी वा आकाशे नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व महामृत्युञ्जय भगवानको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
मकर–मकर राशिका लागि असोज महिना राम्रो फल मिल्नेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । नजिकका व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नयाँ पद, प्रतिष्ठा, वस्त्र र अलंकार प्राप्ति हुनेछ । वैदेशिक यात्राको योग पनि छ । यो महिनाको लागि शुभ अङ्क ७,८ र शुभ रङ्ग सेतो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि सूर्य भगवानको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
कुम्भ–कुम्भ राशिका लागि असोज महिनामा त्यति राम्रो फल मिल्नेछैन अतः मिश्रित पहल मिल्नेछ । अरूको वचन टाल्न नसक्दा दुःख पाइनेछ र खर्च पनि हुनेछ । महिनाको मध्यबाट आफूले काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ हुनेछ । यो महिनाको लागि शुभ अङ्क १,६ र शुभ रङ्ग सेतो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आरधना गरि यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।
मिन–यो महिनामा मीन राशिका व्यक्तिहरूलाई स्थान परिवर्तनका विशेष योग देखिन्छन् । आजको श्रमबाट पछिलाई फाइदा पुग्न सक्छ । छरछिमेकमा सम्पन्न हुने धार्मिक र सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन र महत्वकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । यो महिनाको लागि शुभ अङ्क ६,९ र शुभ रङ्ग पहेँलो वा निलो हो । कुनै शुभकर्म गर्नु अघि विष्णु भगवानको दर्शन गरि कार्य गर्नाले अधिक सफलता मिल्नेछ ।
ज्योप नारायणप्रसाद दुलाल



