नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारले पार्टीको १४ औं महाधिवेशनमा आफ्नो रणनीतिबारे धारणा सार्वजनिक गर्दैछन् । बुधबार दिउँसो १ बजे तीनकुनेमा पत्रकार सम्मेलन गरेर गच्छदारले आफ्नो धारणा सार्वजनिक गर्न लागेको जानकारी दिएका हुन् ।

‘मलाई गुमनाम भयो भन्ने छ । आज मैले मेरो धारणा सार्वजनिक गर्दैछु भन्नुभएको छ । उहाँले आफ्नो आगामी रणनीति सार्वजनिक गर्दै हुनुहुन्छ

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

०७४ को आम चुनावअघि फोरम लोकतान्त्रिक पार्टी काँग्रेसमा समाहित गराएका गच्छदार पछिल्लो समय गुमनाम जस्तै थिए । बालुवाटार जग्गा प्रकरणमा मुछिएपछि गच्छदार सार्वजनिक कार्यक्रममा पनि खासै देखिने गरेका थिएनन् । पार्टीको बैठकमा सहभागी भएपनि उनको संसद पद निलम्बन छ ।उक्त मुद्दामा असार ३० गते गच्छदार १० लाख धरौटीमा रिहा भएका थिए । १४ औं महाधिवेशनमा गच्छदार उपसभापतिमा उम्मेदवारी दिने तयारीमा रहेको बुझिएको छ ।

रातो पाटी बाट साभार