राजनीति

एकीकृत समाजवादीको महासचिव : बेदुराम भुसाल


  काठमाडौँ   सवाल नेपाल   २०७८ आश्विन ७, ११:०७

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को महासचिव बेदुराम भुसाल बन्ने भएका छन् । सचिवालयको बैठकमा भुसाललाई महासचिव बनाउने सहमति जुटेको एक नेताले बताए ।‘केन्द्रीय कमिटी बैठकमा सचिवालयले जुटाएको सहमति प्रस्ताव पेस हुन्छ, महासचिव घोषणा हुन्छ’, ती नेताले भने । महासचिव बन्न भुसालसँगै मुकुन्द न्यौपाने, राजेन्द्र पाण्डे, गंगालाल तुलाधार, प्रकाश ज्वाला, विजय पौडेल लगायतले दावी गरेका थिए ।
तर भुसाललाई महासचिव बनाउन सहमति सचिवालयका नेताहरुबीच जुटेको छ । मंगलबार देखि शुरु भएको एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज सकिँदैछ ।

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार