अर्थ

राष्ट्र बैंकले आज फेरी ३० अर्ब बजारमा पठाउने


  Kathmandu   Sawal Nepal   २०७८ आश्विन ७, ११:३७

नेपाल राष्ट्र बैंकले फेरि ३० अर्ब रुपैयाँ पैसा बजारमा छोड्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरुमा तरलताको चरम अभाव भएपछि केन्द्रीय बैंकले हरेक साता रिपोको माध्यमबाट बजारमा पैसा पठाउँदै आएको छ ।

गत दुई साता दुई हप्ताको लागि पैसा पठाएको केन्द्रीय बैंकले आजको रिपो बोलकबोलबाट भने एक हप्ताको लागि मात्र पठाउन लागेको हो । ७ दिन अवधिका लागि बोलकबोल गर्न लागिएको उक्त रिपोमा वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाहरुले लगानी गर्न पाउनेछ । तरलता अभावका कारण हरेक दिनजसो एसएलएफ (स्थायी तरलता) को प्रयोग गरिरहेको बैंकहरुले बुधबार पनि १२ पटक गरेर २८ अर्ब ३४ करोड रुपैयाँ प्रयोग गरेका छन् । बैंकहरुले चालु आवमा मात्रै ४ खर्ब १० अर्ब ५६ करोड रुपैयाँ बराबरको एसएलएफको प्रयोग गरेका छन् ।

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार