काठमाडौँ । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बैठक ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा केहीबेरअगाडी देखि सुरु भएको हो ।

आजको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको सांगठनिक प्रतिवेदनलगायतका विषयमा छलफल हुने बताइएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

एमालेमा तेस्रो धार मानिने नेताहरुले आजको बैठक बहिष्कार गर्ने संकेत गरेका थिए । तर उनीहरुले बैठक बहिष्कार गरेका छैनन् ।

हिजो शुक्रबारको केन्द्रीय कमिटी बैठकमा नेताहरुले अध्यक्ष ओलीले १० बुँदे कार्यन्वयनमा असहमति देखाएको भन्दै आपत्ति जनाएका थिए ।