नेपाली काँग्रेस कालिकोटले सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने प्रयास गरेको छ । जस अनुसार पाँच वटा स्थानीय तहमा सर्वसम्मत रुपमा नेतृत्व चयन भईसकेको छ भने बाँकी रहेका पालिकामा आइतबार बेलुकासम्म फाइनल गर्ने गरी काँग्रेसका नेताहरु लागिपरेका छन्।काँग्रेस नेता दमनबहादुर शाहीले रातोपाटीलाई दिएको जानकारी अनुसार खाँडाचक्र नगरपालिकामा भानुभक्त आचार्य, नरहरीनाथ गाउँपालिकामा रामबहादुर बटाला, पलाता गाउँपालिकामा धीरा बम (महिला), तिलागुफा नगरपालिकामा धीरेन्द्र थापालाई सभापतिमा सर्वसम्मत चयन गरिएको छ।

यस्तै महावै गाउँपालिकामा पुरारी अधिकारीलाई सभापतीमा सर्वसम्मत चयन गरिएको छ। लैङ्गि आधारमा हेर्दा पाँच पालिका मध्ये पलाता गाउँपालिकामा मात्रै महिलालाई सभापति बनाईएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

रास्कोट नगरपालिका, पचालझरना गाउँपािलका र सान्नीत्रिवेणीमा बेलुका सम्म सभापति चयन गरिसक्ने गरी गृहकार्य भईरहेको छ । त्यसका लागि शेरबहादु देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरु छलफलमा जुटिरहेका छन्। साथै कालिकोटमा काँग्रेसले जिल्ला अधिवेशन पनि सर्वसम्मत गर्ने तयारी थालेको छ ।

रातो पाटी वाट साभार