मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

शारीरिक- मानसिक स्वास्थ्य स्वस्थ रहला। पारिवारिक सदस्यसँग सुन्दर भोजन गर्नुको साथै आनन्दपुर्वक समय बिताउनु हुनेछ। लक्ष्मी माताको कृपाले आय वृद्दि हुनेछ। नकारात्मक विचारबाट टाढा रहनुहोला।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

तपाईको दिन स्फूर्ति र प्रसन्नतापूर्ण रहनेछ। स्वास्थ्य स्वस्थ रहनाले सुख र आनन्द अनुभूति हुनेछ। आफन्त वा मित्रको तर्फबाट उपहार मिल्नेछ। आर्थिक लाभ होला। वैवाहिक जीवनको उत्तम सुख प्राप्त होला।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

तपाईको बोली र व्यवहारको कारण गलत धारणा उत्पन्न हुन सक्ला। परिवारमा झगडा हुन सक्ला। शारीरिक कष्ट , मनलाई अस्वस्थ बनाउनेछ। आँखामा पीडा हुन सक्ला। अधिक खर्च हुन सक्ला। आध्यात्मिक व्यवहारले मानसिक शान्ति प्रदान गर्नेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

आकस्मिक धन प्राप्ति र बहुविधि लाभको कारण रोमाञ्चक र आनन्ददायक दिन रहनेछ। आय वृद्दि होला। व्यापारीलाई फाईदा हुन सक्ला। छोरा र श्रीमतीबाट लाभ होला। उत्तम भोजन र स्त्री सुख मिल्नेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

तपाईको कार्यमा ढिलाई हुँदा पनि सफलता मिल्नेछ। अफिस वा घरमा उत्तर दायित्वको बोझ बढ्नेछ। जीवनमा अधिक गम्भीरता अनुभव होला। नयाँ सम्बन्ध स्थापित गर्न वा कार्यको सम्बन्धमा महत्त्वपूर्ण नलिनुहोला। शुभ अवसरको आयोजनको लागि शुभ समय छैन।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

शरीरमा थकान र चिन्ताको अनुभव होला। सन्तानसँग मतभेद वा मनमुटाव हुनेछ। स्वास्थ्यको चिन्ताले सताउनेछ। अफिसमा उच्च पदाधिकारीसँग वादविवाद हुनेछ। राजनीतिक कठिनाइको सामना गर्नुपर्नेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

स्वास्थ्यको ध्यान राख्नुहोला। वचन वा खराब व्यवहारको कारण झगडा हुन सक्ला। आकस्मिक धन लाभ हुनेछ। समयमा भोजन गर्दा ढिलाई तथा अत्यधिक खर्चले मन अस्वस्थ रहनेछ। स्त्री तथा जलाशयबाट टाढा रहनुहोला।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

पेसा र व्यवसायको क्षेत्रमा लाभ नै लाभ मिल्नेछ। यसका साथै मित्र , आफन्त र वृद्दबाट लाभ प्राप्त हुनेछ। सामाजिक समारोह , पर्यटन जस्ता प्रसंगमा जानुहुनेछ। तपाई प्रफुल्लित रहनुहुन्छ। अविवाहितको लागि वैवाहिक योग छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

आर्थिक र व्यापारिक आयोजन गर्नको लागि दिन शुभ छ। कार्य सरलतापुर्वक सफल बन्नुहुनेछ। परोपकार भावना रहनेछ। पेसा-व्यवसायमा दिन बित्नेछ। घरायसी जीवन आनन्द नै आनन्द मिल्नेछ। मान-सम्मान प्राप्त होला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

तपाईको दिन मिश्र फलदायी साबित हुनेछ। बौद्दिक कार्य र व्यवसायमा नयाँ विचारधारा अमलमा ल्याउनुहुनेछ। लेखन र साहित्यसँग सम्बन्धित प्रवृत्तिमा सिर्जनात्मकता देखिनेछ। सन्तानको प्रश्नको विषयमा चिन्ता रहनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

नकारात्मक विचारबाट मनमा निराशा उत्पन्न होला। मानसिक उद्वेक र क्रोधको भावना अनुभव होला। खर्च बढ्नेछ। बोलीमा ध्यान नदिदा मान मुटाव र झगडा हुन सक्ला। स्वास्थ्य खराब होला। आध्यात्मिक पठन र मानसिक शान्ति प्राप्त होला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

सुख-शान्तिको वातावरण रहनेछ। श्रीमती-श्रीमानबीच दाम्पत्यजीवनमा निकटता रहनेछ। मित्र तथा आफन्तसँग भेट हुनेछ। प्रेमीसँग रोमान्स अधिक प्रगाढ बन्नेछ। उत्तम वैवाहिक सुख प्राप्त होला। सार्वजनिक जीवनमा प्रगति मिल्नेछ। बिगुल न्यूज बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah