छिल्लो समय अस्वस्थकर खानेकुराका कारण हरेक दिन १० जनामध्ये ८ जनामा युरिक एसिडको समस्या हुन्छ । शरीरमा युरिक एसिडको मात्रा बढ्दा जोर्नी, आर्थराइटिस जस्ता बिरामीहरुले जन्म लिन्छ । त्यसकारण युरिक एसिडलाई नियन्त्रणमा राख्न उपचार गर्नुपर्छ । विभिन्न घरेलु उपायमार्फत यसलाई नियन्त्रणमा राख्न सकिन्छ ।

के हो युरिक एसिड ?

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

शरीरका कोशिकाहरुले खाद्य पदार्थबाट प्युरिन नामक प्रोटिन बनाउँछन् । उक्त प्रोटिन टुक्रिएर एसिड बन्छ । सामान्यताः यो मिर्गौलामार्फत छानिन्छ । र शरीर बाहिर आउँछ । यदि शरीर बाहिर आएन भने रगतमा मिसिन्छ । विस्तारै यो क्रिस्टल्सको रुपमा टुक्रिन्छ र हड्डीको बिचमा जम्मा हुन थाल्छ । जसलाई उच्च युरिक एसिड भनिन्छ ।

किन बढ्छ युरिक एसिड ?

–अत्यधिक मदिरा सेवन

–थाइराइड

–पानी कम हुँदा

–मिर्गौलाले पोषक तत्व छान्न नसक्दा

–भिटामिन बी–३ को कमि

लक्षण

–जोर्नीहरु दुख्ने

–उठ्दा वा बस्दा पीडा हुने

–जाडोमा जोर्नीको समस्या धेरै हुने

–रगतमा चिनीको मात्रा बढ्ने

– जोर्नी सुन्निने

कसरी नियन्त्रण गर्ने ?

कागती पानी

बिहान खाली पेटमा मनतातो पानीमा कागती र मह मिसाएर पिउने गर्दा युरिक एसिड नियन्त्रणमा आउँछ ।

आलस

रातभरी भिजाएको आलसलाई बिहान खाली पेटमा चपाएर खाने गर्नुपर्छ । यसले युरिक एसिड नियन्त्रण गर्छ ।

एप्पल साइडर भिनेगर

बिहान खाली पेटमा एक गिलास पानीमा एप्पल साइडर भिनेगर हालेर पिउने गर्नुस् । यसले शरीरमा विभिन्न प्रकारका फाइदा गर्छ । यसमा भिटामिन, एन्जाइम, प्रोटिन जस्ता पोषक तत्वहरु पाइन्छ । यसले युरिक एसिड नियन्त्रण गर्छ ।