-ईन्दीरा कार्की
सीमित सदस्य रहेको परिवार हो सानो परिवार । यसलाई एकल परिवार भनेर पनि बुझ्न सकिन्छ । उक्त सानो परिवारलाई आवश्यक पर्ने वस्तु तथा सेवा प्राप्त गर्न सहज हुने हुनाले पनि ‘सानो परिवार, सुखी परिवार’ भन्ने भनाई स्थापित भएको हुन सक्छ । परिवारका आवश्यकताको पूर्तिसँग प्रत्यक्ष सम्बन्ध रहेको परिवारको आकार व्यवस्थापन कौशल नै परिवार नियोजन हो । उपलब्ध साधन श्रोतको अनुपातमा जनसंख्याको विद्यमानता रहनु परिवार, समाज तथा समग्र राष्ट्रकै लागि अत्यन्त महत्वपूर्ण छ । तुलनात्मक रूपमा बृहत् अर्थात् संयुक्त परिवारको व्यवस्थापनमा देखापर्ने असहजता तथा अभावको अवस्था सानो परिवारले कम बहन गर्नुपर्ने कारणले पनि परिवार नियोजनको महत्व रहेको देखिन्छ ।
आवश्यकता किन ?
परिवार नियोजनका आवश्यकता बहुआयामिक छन् । ती मध्ये केही प्रतिनिधिमूलक बुँदाहरू निम्न छन् ।
– परिवारका आर्थिक आवश्यकता सहजतापूर्वक पूरा गर्न ।
– शैक्षिक उन्नयनका अवसरको प्राप्तिमा सहजता सिर्जना गर्न ।
– उपलब्ध रोजगारीका अवसरको वितरण तथा उपभोगमा सहजता ल्याउन ।
– लैङ्गिक समानता कायम गर्न ।
उल्लेखित कारणहरूले गर्दा परिवार नियोजन नेपालको सन्दर्भमा झनै अत्यावश्यक प्रतीत भएको हो ।

परिवार नियोजनका तरिका
क) स्थायी पद्धति
– Vasectomy(पुरूषका लागि)
– Tubal ligation(महिलाका लागि)
ख) अस्थायी पद्धति
– कण्डमको प्रयोग
– विभिन्न गर्भ निरोधक चक्की

– IUCD– Copper T

– DMPA– Contraceptive injection

– LAM

– आकस्मिक गर्भ निरोधक चक्की
– Barrier

– Depo provera  खोप आदि ।

समकालीन अवस्था
– सन् १९५९ मा नेपाल परिवार नियोजन संघको स्थापना भएपश्चात् यो क्षेत्रमा व्यवस्थित रूपमा कार्य अगाडि बढेको हो ।
– स्थापना कालदेखि हालसम्म नै यसले यौन तथा प्रजनन स्वास्थ्यका क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आइरहेको अवस्था छ ।
– हाल यसले 5A -Adolescents, Abortion, HIV/AIDS, Advocacy and Access लाई केन्द्रमा राखेर काम गरिरहेको छ ।
– वार्षिक रूपमा करिब २ लाख १० हजार जनालाई परिवार नियोजन सम्बद्ध सेवा प्रदान गर्दै आइरहेको अवस्था छ भने MCH शिक्षा र सेवा करिब १४ लाख जनालाई, AYSRH -Adolescents, Youth Sexual and reproductive healthज सम्बन्धी सूचना र सेवा करिब ८० हजार जनालाई, STI तथा HIV परामर्श तथा उपचार सेवा करिब एक लाख जनालाई र सुरक्षित गर्भपतन सम्बन्धी सेवा र सल्लाह करिब ५० हजार भन्दा बढी महिलालाई प्रदान गर्दै आइरहेको अवस्था छ ।
– यति हुँदाहुँदै पनि अपेक्षा र उपलब्धिका बीच निकै नै गहिरो खाडल देखिन्छ ।
– परिवार नियोजनका साधनमाथिको पहुँचको सीमितता, यस सम्बन्धी शिक्षा र सचेतनामा कमी, छोराको चाहना आदि कारणले गर्दा परिवार नियोजन गर्न असहमती जनाउने अवस्था, चेतनामूलक गीत, नाटक, कविता आदिको व्यापकता नरहनु जस्ता कारणले अपेक्षित उपलब्धि हासिल हुन नसकिरहेको तथ्य सुस्पष्ट छ ।

अबको बाटो
– परिवार नियोजनसँग सम्बन्धित विद्यमान नीतिको प्रभावकारी कार्यान्वयन गर्ने ।
– सम्पूर्ण सरोकारवाला बीच सघन छलफल र परामर्श गरि अन्य आवश्यक नीति निर्माण गर्ने ।
– विभिन्न तालिम, गोष्ठी तथा सेमिनारहरू आयोजना गरि प्रत्येक व्यक्तिलाई यौन तथा प्रजनन शिक्षा प्रदान गर्ने ।
– एकल तथा संयुक्त परिवारका विविध पक्ष तथा विषय समावेश गरि चेतनामुलक प्रस्तुतिहरू तयार पारी प्रदर्शन एवं प्रकाशन गर्ने ।
– लैङ्गिक विभेद अन्त्यका लागि आवश्यक कार्यक्रम अगाडि बढाउने ।
– निशुल्क रूपमा परिवार नियोजन शिक्षा प्रदान गर्नुका साथै साधनहरू उपलब्ध गराउने ।
– शिक्षा, स्वास्थ्य, रोजगारी तथा साधनश्रोत माथि पर्ने दबाव र त्यसबाट सिर्जना हुने अभावबारे जनचेतना जगाउने ।
– स्थानीय सरकारसँग सहकार्य र समन्वय गरि नेपाल परिवार नियोजन संघले आवश्यक कार्यक्रम अघि बढाउने ।
– स्वास्थ मन्त्रालय, परिवार कल्याण महाशाखाले उल्लेखित सम्पूर्ण कार्यहरूका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्ने ।

अन्त्यमा
परिवारको सङ्ख्या सानो हुनुका बहुआयामिक लाभहरू छन् । उक्त लाभका बारे सम्पूर्ण नागरिकलाई सचेत गराउने साथै परिवार नियोजन शिक्षा एवं सचेतनाको बिस्तार गर्दै साधनमाथिको सहज पहुँचको अवस्था सिर्जना गर्न सके थप उपलब्धि हासिल हुने विश्वास गर्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah