प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा चौतर्फी घेराबन्दीमा परेका छन् । उनलाई असफल बनाउनका निम्ति गृहजिल्लादेखि केही विदेशि मिडिया समेत लागेको पाइएको छ । यतिबेला देउवाको निकै आलोचना हुन थालेको छ । उसो त देउवाको गृहजिल्लाबाटै कांग्रेसले धक्का खाएपछि तनाव सिर्जना भएको देखिन्छ ।
डडेल्धुरालाई कांग्रेसको किल्ला भनेर चिनिएपनि स्थानीय तह चुनावमा कांग्रेस पराजय भएपछि तनाव सिर्जना भएको हो । कांग्रेसले गृहजिल्लामै धक्का खाएपछि कांग्रेसका नेता/कार्यकर्ताहरू अहिले एकले अर्कोलाई अन्तरघातको आरोप लगाइरहेका छन् ।
साझा सवालमा कसले पुर्यायो प्रधानमन्त्री देउवालाइ, सनसनी पूर्ण खुलासा
०४८ देखिका कुनै पनि चुनावमा देउवाले डडेल्धुरामा पराजय भोग्नुपरेको छैन । तर, यो पटक ७ वटा स्थानीय तह रहेको डडेल्धुरामा कांग्रेसले चार वटा स्थानीय तहमा जित हासिल गरेको छ । कुल ७५ हजार ७ सय ८० मतदाता रहेको डडेल्धुरा ‘क्लिन स्वीप’ गरेर आफ्नो प्रतिष्ठा जोगाउने देउवाको भगीरथ पयत्न सफल भएन । उनले कांग्रेस जिताउन सकेसम्म सबै प्रयत्न लगाएका थिए ।
कांग्रेसको किल्ला मानिने अमरगढी नगरपालिकामा बहुमत वडाहरुसहित प्रमुख र उपप्रमुखमा एमालेले जितेको छ । यसअघि ०४९ र ०५४ को दुवै स्थानीय चुनावमा कांग्रेसले सबै वडासहित मेयर र उपमेयर जितेको थियो । यसपटक एमालेका एमालेका विपिन ओझा १ सय २८ मत अन्तरले मेयरमा विजयी भए ।
एमालेले जिते लगत्तै प्रदेश नम्बर ७ का संयोजक समेत रहेका उपाध्यक्ष भीम रावल डडेल्धुरा पुगेका थिए । बसपार्कमा आयोजित विजय सभामा बोल्दै उनले यसपाली कांग्रेसको किल्ला भत्काएर एमालेले आफ्नो झण्डा फहराएको भन्दै अब डडेल्धुराबाट कांग्रेसको पराजय सुरु भएको बताए ।
कांग्रेसले डडेलधुरामा पराजय भोग्नुका धेरै कारण छन् । डडेल्धुरामा देउवा बाहेक कांग्रेसको रामचन्द्र पौडेल गुट छैन । तर, देउवा गुटमै दुई उपगुट छन् । जसमा एउटा गुटलाई आरजु देउवाको समर्थन छ ।
टिकट वितरणमा देखिएको असन्तुष्टिले पनि कांग्रेसको पराजपयमा साथ दियो भने त्रिभुवन विश्वविद्यालयको स्ववियु सभापति भइसकेका नेता देवराज भट्ट बागी उठ्नुपर्ने अवस्था आयो ।
कांग्रेसको किल्ला मानिने अमरगढी नगरपालिकामा नै कांग्रेसले हार बेहोर्नुपरेपछि अन्तरघात गर्ने कार्यकर्ताहरुलाई पार्टीले कडा कारबाही गर्नुपर्ने माग गर्दै आइतबार जुलुस प्रदर्शन समेत गरेका छन् । एमालेलाई सघाएको भन्दै नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार डिल्लीराज जोशीले सोही कार्यक्रमबाट आरोप लगाएका छन् ।
कांग्रेसका सभापति देउवाको पनि डडेल्धुरामा दुई उपगुट छन् । जिल्ला सभापति कर्णबहादुर मल्ल र पार्टीका पूर्व सभापति रघुवर भट्टका अलग उपगुट रहेका छन् ।
दुवै पक्ष कांग्रेसको छैटौं जिल्ला अधिवेशनबाट नै दुई वटा गुटमा विभाजन भएका थिए । रघुवर प्रधानमन्त्री देउवाकी पत्नी आरजु राणा देउवाको नजिक मानिन्छन् भने सभापति कर्णबहादुर खुमबहादुर खड्काको निकट मानिन्छन् ।
कांग्रेसभित्रका यी दुई गुटमा तालमेल नमिल्नु नै हारको प्रमुख कारण रहेको केही बिश्लेषकहरुको भनाइ छ । उता, देउवाको गृहजिल्लामा कांग्रेसको पराजय सुनियोजित भन्न थालिएको छ । देउवालाई असफल बनाउन एनजीओ आइएनजिओबाट करोडौं पैसा लिई एमालेले भोट किनेको समाचार शुत्र बताउँछ ।
उता प्रधानमन्त्री देउवाले आफ्नो सचिवालय बनाउन अहिलेसम्म पनि सकेका छैनन् । प्रधानमन्त्रीको सचिवालय व्यवस्थित नहुँदा उनका कार्यक्रमको प्राथमिकता निर्धारण हुन नसकेको र कतिपय सन्दर्भमा विवादमा परेको भन्दै सहयोगीहरुले अशन्तुष्टि जनाएका छन् ।
प्रधानमन्त्री निर्वाचित भएको एक महिना हुन लाग्दा पनि देउवाले औपचारिक रुपमा स्वकीय सचिव पनि नियुक्त गरेका छैनन् । उनका सहयोगी भानु देउवाले स्वकीय सचिवको भूमिका निर्वाह गरिरहे पनि नियुक्ति पाएका छैनन् ।
जेठ २३ गते प्रधानमन्त्री निर्वाचत भएका प्रधानमन्त्री देउवाको सचिवालय व्यवस्थित नहुनको परिणाम उनको बीबीसीको साझा सवाल कार्यक्रमको सहभागिता र त्यसपछिको विवाद हो भन्ने तर्क देउवा निकटस्थहरुको छ ।
देउवाका एक निकट सहयोगीले भने–प्रधानमन्त्रीले राष्ट्रका नाममा संसदबाट सम्बोधन पनि नगरी टेलिभिजनको कार्यक्रममा लैजानु गम्भीर कमजोरी हो,प्रायोजित कार्यक्रममा लगेर उनको मानमर्दन गराइएको छ । यसले देउवा घेराबन्दीमा परेको पुष्टी समेत गर्छ ।
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा चौतर्फी घेराबन्दीमा परेका छन् । उनलाई असफल बनाउनका निम्ति गृहजिल्लादेखि केही विदेशि मिडिया समेत लागेको पाइएको छ । यतिबेला देउवाको निकै आलोचना हुन थालेको छ । उसो त देउवाको गृहजिल्लाबाटै कांग्रेसले धक्का खाएपछि तनाव सिर्जना भएको देखिन्छ । डडेल्धुरालाई कांग्रेसको किल्ला भनेर चिनिएपनि स्थानीय तह चुनावमा कांग्रेस पराजय भएपछि तनाव सिर्जना भएको हो । कांग्रेसले गृहजिल्लामै धक्का खाएपछि कांग्रेसका नेता/कार्यकर्ताहरू अहिले एकले अर्कोलाई अन्तरघातको आरोप लगाइरहेका छन् । ०४८ देखिका कुनै पनि चुनावमा देउवाले डडेल्धुरामा पराजय भोग्नुपरेको छैन ।
तर, यो पटक ७ वटा स्थानीय तह रहेको डडेल्धुरामा कांग्रेसले चार वटा स्थानीय तहमा जित हासिल गरेको छ । कुल ७५ हजार ७ सय ८० मतदाता रहेको डडेल्धुरा ‘क्लिन स्वीप’ गरेर आफ्नो प्रतिष्ठा जोगाउने देउवाको भगीरथ पयत्न सफल भएन । उनले कांग्रेस जिताउन सकेसम्म सबै प्रयत्न लगाएका थिए । कांग्रेसको किल्ला मानिने अमरगढी नगरपालिकामा बहुमत वडाहरुसहित प्रमुख र उपप्रमुखमा एमालेले जितेको छ । यसअघि ०४९ र ०५४ को दुवै स्थानीय चुनावमा कांग्रेसले सबै वडासहित मेयर र उपमेयर जितेको थियो ।
यसपटक एमालेका एमालेका विपिन ओझा १ सय २८ मत अन्तरले मेयरमा विजयी भए । एमालेले जिते लगत्तै प्रदेश नम्बर ७ का संयोजक समेत रहेका उपाध्यक्ष भीम रावल डडेल्धुरा पुगेका थिए । बसपार्कमा आयोजित विजय सभामा बोल्दै उनले यसपाली कांग्रेसको किल्ला भत्काएर एमालेले आफ्नो झण्डा फहराएको भन्दै अब डडेल्धुराबाट कांग्रेसको पराजय सुरु भएको बताए । कांग्रेसले डडेलधुरामा पराजय भोग्नुका धेरै कारण छन् ।
डडेल्धुरामा देउवा बाहेक कांग्रेसको रामचन्द्र पौडेल गुट छैन । तर, देउवा गुटमै दुई उपगुट छन् । जसमा एउटा गुटलाई आरजु देउवाको समर्थन छ । टिकट वितरणमा देखिएको असन्तुष्टिले पनि कांग्रेसको पराजपयमा साथ दियो भने त्रिभुवन विश्वविद्यालयको स्ववियु सभापति भइसकेका नेता देवराज भट्ट बागी उठ्नुपर्ने अवस्था आयो । कांग्रेसको किल्ला मानिने अमरगढी नगरपालिकामा नै कांग्रेसले हार बेहोर्नुपरेपछि अन्तरघात गर्ने कार्यकर्ताहरुलाई पार्टीले कडा कारबाही गर्नुपर्ने माग गर्दै आइतबार जुलुस प्रदर्शन समेत गरेका छन् ।
एमालेलाई सघाएको भन्दै नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार डिल्लीराज जोशीले सोही कार्यक्रमबाट आरोप लगाएका छन् । कांग्रेसका सभापति देउवाको पनि डडेल्धुरामा दुई उपगुट छन् । जिल्ला सभापति कर्णबहादुर मल्ल र पार्टीका पूर्व सभापति रघुवर भट्टका अलग उपगुट रहेका छन् । दुवै पक्ष कांग्रेसको छैटौं जिल्ला अधिवेशनबाट नै दुई वटा गुटमा विभाजन भएका थिए । रघुवर प्रधानमन्त्री देउवाकी पत्नी आरजु राणा देउवाको नजिक मानिन्छन् भने सभापति कर्णबहादुर खुमबहादुर खड्काको निकट मानिन्छन् । कांग्रेसभित्रका यी दुई गुटमा तालमेल नमिल्नु नै हारको प्रमुख कारण रहेको केही बिश्लेषकहरुको भनाइ छ । उता, देउवाको गृहजिल्लामा कांग्रेसको पराजय सुनियोजित भन्न थालिएको छ । देउवालाई असफल बनाउन एनजीओ आइएनजिओबाट करोडौं पैसा लिई एमालेले भोट किनेको समाचार शुत्र बताउँछ । उता प्रधानमन्त्री देउवाले आफ्नो सचिवालय बनाउन अहिलेसम्म पनि सकेका छैनन् ।
प्रधानमन्त्रीको सचिवालय व्यवस्थित नहुँदा उनका कार्यक्रमको प्राथमिकता निर्धारण हुन नसकेको र कतिपय सन्दर्भमा विवादमा परेको भन्दै सहयोगीहरुले अशन्तुष्टि जनाएका छन् । प्रधानमन्त्री निर्वाचित भएको एक महिना हुन लाग्दा पनि देउवाले औपचारिक रुपमा स्वकीय सचिव पनि नियुक्त गरेका छैनन् । उनका सहयोगी भानु देउवाले स्वकीय सचिवको भूमिका निर्वाह गरिरहे पनि नियुक्ति पाएका छैनन् । जेठ २३ गते प्रधानमन्त्री निर्वाचत भएका प्रधानमन्त्री देउवाको सचिवालय व्यवस्थित नहुनको परिणाम उनको बीबीसीको साझा सवाल कार्यक्रमको सहभागिता र त्यसपछिको विवाद हो भन्ने तर्क देउवा निकटस्थहरुको छ । देउवाका एक निकट सहयोगीले भने–प्रधानमन्त्रीले राष्ट्रका नाममा संसदबाट सम्बोधन पनि नगरी टेलिभिजनको कार्यक्रममा लैजानु गम्भीर कमजोरी हो,प्रायोजित कार्यक्रममा लगेर उनको मानमर्दन गराइएको छ । यसले देउवा घेराबन्दीमा परेको पुष्टी समेत गर्छ । न्यूज अभियान बाट



