मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

नयाँ कार्य गर्ने प्रेरणा मिल्नेछ। यधपी विचारमा स्थिरताको अभाव रहनाले केहि मामिलामा अल्झिनु हुनेछ। पेसा- व्यवसायमा समस्या भएको अनुभव हुनेछ। लघु यात्राको संयोग खडा हुनेछ। स्त्रीको बोलिमा ध्यान राख्नुहोला। भाई-बहिनीसँग मेलमिलाप हुनेछ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मनमा विभिन्न कारणले तनावग्रस्त रहला। नयाँ कार्यको प्रारम्भ गर्न उचित छैन। कुराकानीमा ध्यान नदिदा संघर्ष खडा हुनेछ। आर्थिक लाभ होला। विधार्थीको लागि शुभ समय छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

तपाईको दिन ताजगी र स्फूर्तिबाट परिपूर्ण रहनेछ। उत्ताम भोजन र मित्र आफन्तसँग दिन आनन्दमा बित्नेछ। दाम्पत्यजीवनमा सुख-सन्तोषको भावना अनुभव होला। आस्थिक लाभ र आयोजनको लागि अनुकुल दिन छ। नकारात्मक विचारलाई मन बाट टाढा राख्नुहोला।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

परिवारमा मनमुटावको अवसर आउनेछ। मानसिक बेचैनी अनुभव होला। त्यसैले महत्त्वपूर्ण निर्णय टाल्नु नै उचित होला। कसैसँग गलत धारणा वा वाद-विवादको प्रसंग खडा होला। मानहानी र धन हानि होला। स्वास्थ्यमा ध्यान दिनुहोला।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

तपाईको दिन लाभदायक साबित हुनेछ। स्त्री मित्रसँग भएको भेट आनन्ददायक र लाभदायक साबित हुनेछ। व्यापारीको व्यापारमा वृद्दि हुनेछ। बाहिर जाने योजना बन्नेछ। आम्दानीको स्रोत वृद्दि होला। घरमा मांगलिक कार्य हुनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

नयाँ कार्यको सुरुवात गर्नको लागि मनमा बनाएको योजना साकार हुनेछ। पितासँग आत्मीयता बढ्नेछ। व्यापार र पेसागत क्षेत्रमा अगाडी बढ्ने योग छ। घरायसी जीवन आनन्दमय रहला। व्यापारको कामबाट बाहिर जाने योग छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बौद्दिक तथा साहित्य प्रेमीहरुसँग भेट हुनेछ। नयाँ काम सुरु गर्न सक्नुहुन्छ। लामो दुरीको यात्रा वा तीर्थस्थानको भ्रमणको आनन्द लिनुहुन्छ। विदेशगमनको लागि अवसर निर्माण हुनेछ। सन्तानको समस्याले चिन्ता निर्माण हुनेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

बोली र व्यवहारमा ध्यान दिनुहोला। दैनिक कार्यको अतिरिक्त नयाँ काम हातमा लिनु उचित हुनेछैन। खानपिनमा विशेष ध्यान दिनुहोला। आध्यात्मिक साधनाको लागि शुभ समय छ। चिन्तन-मननमा समय बिताउनुहुन्छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मनोरंजनको दुनियामा रमाउनु हुनेछ। विपरीत लिगीय व्यक्तिसँग भेट रोमान्चक रहनेछ। दाम्पत्यजीवन आनन्दमय रहला। सार्वजनिक सम्मान र ख्याति मिल्नेछ। बौद्दिक तथा तार्किक विचार-विनिमय हुनेछ। सहकर्मीको सहयोग मिल्ने योग छ। तपाईको दिन विशेष रहला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

व्यापार र आर्थिक आयोजनको लागि अनुकुल दिन छ। पैसाको लेनदेन गर्दा सफलता मिल्नेछ। आयात-निर्यातमा व्यापारीको तर्फबाट लाभ मिल्नेछ। विरोधिको चाल असफल होला। परिवारमा हर्षोल्लासको वातावरण रहनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मानसिक अशान्ति र उद्वेगमय दिन रहनेछ। पेट सम्बन्धि समस्या होला। सन्तानको प्रश्नले समस्या पर्नुहुनेछ। साहित्य लेखनको लागि अनुकुल दिन छ। आकस्मिक धन लाभ होला। कार्य निष्फलताले निराशा उत्पन्न होला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

तपाईले दिन सावधानीपुर्वक बिताउनुपर्ने हुन्छ। मानसिक उद्वेग र मानहानी होला। पेसामा समस्या उत्पन्न होला। स्त्रीसँग सम्बन्ध हानिकारक साबित होला। आमाको स्वास्थ्यको चिन्ताको कारण बन्नेछ। स्वास्थ्य खराब हुन सक्ला।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah