दमक/ ईन्टरनेट सेवा प्रदायक संस्था कोनेक्ट नेपालले ईन्टरनेट सेवा लिन चाहानेहरुका लागि दशै अफरमा आकर्षक प्याकेज सार्वजनिक गरेको छ । दशै तिहार अफर अन्र्तगत सस्तो दरमा ४० एमबिपिएस स्पिडको ईन्टरनेट उपलब्ध गराउने सार्वजनिक गरेको हो ।

दमकमा आक्रमक रुपमा सेवा विस्तारमा लागेको कनेक्ट नेपालले १० हजार ५ सय रुपियामा एक बर्षसम्म ४० एमबिपिएस स्पिडको ईन्टरनेट सेवा दिने सार्वजनिक गरेको हो । दमक तथा आसपासको क्षेत्रमा हामी सहज रुपमा गुणस्तरीय सेवा प्रदान गर्नेछौ, कोनेक्ट नेपालका तिर्थ नेपालले भने ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मानिसहरु अब लगभग हरेक कार्य को लागी उच्च गति को आवश्यकता छ, यही कारण हो कि डाटा कनेक्टिविटी आवश्यकता रहेकाले त्यो पुर्ति गर्नका लागि हामी लागि परेका छौ, नेपालले भने । नेपालको २३ जिल्लाहरुमा र छिट्टै नेपाल भर मा सस्तो मूल्य मा एक विश्वसनीय इन्टरनेट सेवा प्रदानमा कोनेक्ट नेपाल लागेको छ ।

हामी उपभोक्ताका लागी उत्कृष्ट सेवा संगै आकर्षक प्याकेजहरु प्रदान गर्दछौं, कोनेक्ट नेपालको दाबी छ । नेपालमा सन् २०१६ देखि यो ईन्टरनेट प्रदायक संस्थाले ईन्टरनेटको सेवा प्रदान गर्दै आएको छ ।