केही दिनदेखि विभिन्न ठाउँमा वर्षासँगै चट्याङ परिरहेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा दाङ, जुम्ला, सोलुखुम्बु, बर्दिया र डडेलधुरामा गरी चट्याङ लागेर ६ जना घाइते भएका छन्।

चट्याङका कारण भेडाबाख्रा जस्ता चौपाया पनि मर्न थालेका छन्। चट्याङ लागेपछि कतिपय सर्वसाधारण डरले आत्तिने गर्छन्। प्राधिकरणका अनुसार चट्याङ लाग्दा यी सुरक्षित उपाय अपनाउन सकिन्छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जस्तै :

-सकेसम्म घरभित्रै बस्ने

-बाहिर हुँदा बिजुली चम्केका वेला वा पानी परेका वेला रूखमुनि ओत नलाग्ने

-बिजुलीको खम्बामुनि नबस्ने

-छाता नओढ्ने

-खेतबारीमा काम नगर्ने

-पौडी नखेल्ने

-डुंगा नचलाउने

-सवारीसाधनमा भए भित्रै बस्ने

-चट्याङ पर्दा सुरक्षित ठाउँ नपाए दुबै हात टाउकोमाथि राखी निहुरिएर टाउकोलाई घुँडा बीचमा राख्ने।