विद्यार्थी जीवन देखि नै नेविसंघको राजनीति शुरु गरेका अञ्चल बहादुर धिमाल (सानो) नेपाली कांग्रेसको प्रदेश ख को महाधिवेशन प्रतिनिधिको रुपमा आदिवासी जनजातिको कोटाबाट उम्मेदवारी दिएका छन।
बाह्रौं र तेह्रौं अधिवेशन मार्फत दुइपटक सम्म निर्वाचित क्षेत्रीय सदस्य रहेर काम गरिसकेका उनि धिमाल जाति बिकासकेन्द्र को केन्द्रिय सदस्य समेत भैसकेका छन।
"झापा, मोरङ सुनसरीको प्रथम नागरिक भनेर चिनिने धिमाल जातिको अन्य पार्टीसँग तुलनात्मक रुपमा नेपाली कांग्रेसमा प्रतिनिधित्व कम भएकोले प्रथम नागरिकको पहिचान गर्विलो गरि स्थापित बनाउन मेरो उम्मेदवारी हो" उनि भन्छन। साथै " नेपाली कांग्रेसलाइ बलियो बनाउदै कमल र दमकको सर्वांगिण बिकासको निम्ति नेपाली कांग्रेसको तर्फबाट महत्त्वपूर्ण भुमिका खेल्नको निम्ति समेत मेरो उम्मेदवारी हो" ।
अञ्चल धिमाल अगाडि थप्छन " म एउटा नेपाली कांग्रेसको सिपाही भएको कारणले तितरबितर भएका धिमाल योद्धा हरुलाइ पनि संगठित गरेर नेपाली कांग्रेसको संगठन बिस्तारमा योगदान गरेको छु, आगामी दिनमा अझै सशक्त भएर आगामी चुनावमा स्थानीय तथा संघीय चुनावमा विजयी बन्न योगदान गर्नेछु, त्यसैले मेरो कामको कदर गर्दै सम्पुर्ण मतदाता हरुले मत दिइ विजयी गराउनु हुनेछ भन्नेमा म पुर्ण विश्वस्त छु।"










