काठमाण्डाै – प्रतिनिधि सभाको आज मङ्गलवारको बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवरोध गरेको छ ।

एमालेले १४ जना सांसदलाई गरेको कारबाहीको सूचना सभामुखले टाँस नगरि पक्षपातपूर्ण व्यवहार गरेको भन्दै संसद् बैठकमा अवरोध गर्दै आएको छ । आजकाे बैठकमा पनि नाराबाजीसहित एमालेले विरोध प्रदर्शन गरेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

एमाले सांसदहरूको विरोधका बीच प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रिय दलित आयोगको वार्षिक प्रगति प्रतिवेदन २०७६/०७७ प्रतिनिधि सभामा पेस गर्नुभयो ।

एमाले सांसदहरूले कालो धन चाहिँदैन, देश लुट्न पाइँदैन, संसदीय सर्वोच्चता कायम गर, पार्टी फुटाउने षड्यन्त्र चाहिँदैन, यथास्थितिमा संसद चल्दैन, गैरसांसदलाई प्रवेश निषेध गर, पदीय मर्यादा कायम गर लगायतका नारा लगाएका थिए ।

प्रतिनिधि सभाको आउँदाे बैठक असोज २२ गते शुक्रवार दिउँसो १ बजेका लागि बोलाइएको छ ।