पितृपक्ष यहि असोज ४ गते पूर्णिमाको दिनबाट सुरु भएको थियो र असोज २० गते औंशीको दिन अर्थात् भोलिबाट समाप्त हुँदैछ। हिन्दु पंचांग अनुसार भाद्रपदको शुक्ल पक्षको पूर्णिमाबाट श्राद्ध पक्ष हुन्छ र अश्विन महिनाको कृष्ण पक्षको औंशीलाई सर्व पितृ औंशी भनिन्छ। सनातन विश्वासका अनुसार यस पक्षमा मृ-तक परिवारको सदस्यहरुको आत्माको शान्तिको लागि तिथि अनुसार श्राद्ध गर्ने गरिन्छ।

श्राद्ध पक्षको हरेक तिथि विशेष छ, तर सर्व पितृ औंशीको महत्व अझ धेरै रहेको छ। वास्तवमा, हिन्दु धर्मको सिद्धान्त अनुसार जुन मितिमा मानिसको मृ-त्यु हुन्छ उक्त मानिसको श्राद्ध सोहि तिथिमा गर्ने गरिन्छ। तर कुनै कारणले वास्तविक तिथिमा श्राद्ध गर्न असमर्थ रहेको खण्डमा उक्त श्राद्ध औंशी तिथिमा गरिन्छ। यस दिन आफ्नो सबै पुर्खाहरुको श्राद्ध पनि गरिन्छ।

यस वर्ष गजचाया योग सर्वपितृ औंशीको दिन बनेको छ, जुन आफैंमा धेरै विशेष छ। यो योग २०१० पछि यस वर्ष पहिलो पटक परेको छ। ज्योतिषीहरुका अनुसार सूर्य र चन्द्रमा असोज २० गतेको दिन सूर्योदयसँगै हस्त नक्षत्रमा स्थित रहनेछन्। यो संयोग ४:४९ बजेसम्म रहनेछ। सूर्य र चन्द्रमा हस्त नक्षत्रमा भएकोले गजचाया योग बन्छ।

विश्वास अनुसार गजचाया योगमा श्राद्ध र तर्पण गर्दा पुर्खाहरुको आशीर्वाद प्राप्त हुन्छ र उनीहरुको आत्मा सन्तुष्ट हुन्छ। यो योग अन्तिम पटक २०१० मा बनेको थियो र अर्को पटक २०२९ मा बन्नेछ। यस दिन दान, ब्राह्मण भोजन, तर्पण आदि गर्ने काम गरिन्छ। तर यस पटक यस दिन बन्दै गरेको गजचाया योगले यसलाई अझ विशेष बनाइरहेको छ।

औंशीको दिन यस शुभ योग अन्तर्गत शुद्ध घिउमा बनेको खाद्य पदार्थ दान गर्नुहोस्। यो विश्वास गरिन्छ कि यसो गर्दा पुर्खाहरुको आत्मा १२ वर्ष सम्म शान्त रहन्छ। यस बाहेक, कुनै पनि गरीब र खाँचोमा परेकालाई खाना र कपडा दान गर्दा जीवनमा आउने हरेक संकटबाट बच्न सकिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah