विराटनगर : जिल्ला प्रशासन कार्यालय मोरङले दसैं, तिहार लगायतका चाडपर्वलाई भीडभाड नगरी मनाउने वातावरण तयार गर्ने योजना अघि सारेको छ। कोरोना महामारी कायमै रहेको अवस्थामा संक्रमणबाट बच्न प्रशासनले भीडभाडरहित चाडपर्व मनाउनुपर्नेमा जोड दिएको हो।

प्रशासनले चाडपर्वका बेला स्वास्थ्य सुरक्षा मापदण्डको पालनामा ध्यान दिन सबैमा अनुरोध गरेको छ। चाडपर्वलाई मर्यादित र सुरक्षित बनाउन विशेष सुरक्षा योजना पनि प्रशासनले तयार पारेर लागू गरेको छ।

कोरोनाको संक्रमण अझै पनि कायमै रहेकाले त्यसबाट बच्नलाई सबैले स्वास्थ्य मापदण्ड पालनामा ध्यान दिनुपर्ने प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए। ‘भीडभाडरहित एवं सुरक्षित र मर्यादित हिसाबले चाडपर्व मनाउने वातावरण तयार गर्न सबै पक्षसँग छलफल र समन्वय भइरहेको छ,’ उनले भने।

दसैं सुरु भएसँगै विभिन्न मठमन्दिर, शक्तिपीठ र धार्मिक तीर्थस्थलहरुमा अत्याधिक भीडभाड हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै प्रशासनले त्यही हिसाबको सुरक्षा व्यवस्था मिलाएको जानकारी दाहालले दिए। उनका अनुसार भीडभाड रोक्न र सामाजिक दूरी कायम गराउन सुरक्षाकर्मीको विशेष टोली परिचालन गरिएको छ।

प्रजिअ दाहालले तडकभडक र भीडभाड नगरिकन सामाजिक दूरी कायम गरी पर्वहरु मनाउन सबैमा आग्रह गरेका छन्। धार्मिक तीर्थस्थल, भीडभाड बढी हुने स्थान, बैंक तथा वित्तीय संस्था, सार्वजनिक स्थल, अपराधिक घटना धेरै हुनसक्ने सम्भावित स्थानमा २४ घण्टा नै सुरक्षा व्यवस्था मिलाइएको जानकारी उनले दिए। उनका अनुसार चाडपर्वलाई लक्षित गर्दै नेपाल र सशस्त्र प्रहरी गरेर १ हजार ६ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ।

दाहालले पछिल्लो समय बजार अनुगमन पनि तीव्र पारिएको जानकारी दिए। ‘नियमित बजार अनुगमन गर्दै दैनिक उपभोग्य वस्तुको आपूर्तिलाई सहज बनाउने प्रयास गरिएको छ,’ उनले भने, ‘उपभोक्तामाथि हुनसक्ने ठगीलाई नियन्त्रण गर्न सरकारी निकायलाई परिचालन गरिएको छ।’ बजार अनुगमनका लागि केन्द्रीय अनुगमन टोलीसमेत विराटनगर आउँदै छ।

चाडपर्वको मौकामा व्यापारीले सामानको मूल्य वृद्धि गर्ने र कालोबजारी गर्नसक्ने भएकाले कारबाही तीव्र पारिएको प्रजिअ दाहालले बताए। सामान खरिद गर्दा ठगिएमा वा बजार मूल्यभन्दा बढी पैसा तिर्नु परेमा तत्काल प्रशासनलाई जानकारी गराउन उनले सबै उपभोक्तालाई आग्रह गरेका छन्।

चाडपर्वलाई लक्षित गरेर प्रदेश १ को राजधानी विराटनगरसहित सबै स्थानको सुरक्षा व्यवस्था कडा एवं चुस्तदुरुस्त पारिएको जानकारी मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जीसीले दिए। ‘अपराधिक घटना हुनसक्ने सम्भावित स्थानलाई लक्षित गरेर प्रहरीले निगरानी बढाएको छ,’ उनले भने, ‘शङ्कास्पद व्यक्तिहरु माथि सोधपुछ र सवारी साधनको चेकजाँचलाई बढाइएको छ।’

अपराधिक घटना हुन नदिन सबै स्थानमा प्रहरी उपस्थिति बढाइएको बताउँदै एसपी जिसीले चाडपर्व लक्षित सुरक्षा सतर्कता अपनाउने विषयमा कुनै कसर बाँकी नराखिएको उल्लेख गरे। सम्भावित अपराध नियन्त्रणका लागि सादा पोशाकसहित प्रहरीको विशेष टोली परिचालन गरिएको उनको भनाइ छ।

एसपी जिसीका अनुसार सुरक्षा व्यवस्था कडा बनाउँदै नियमित ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। ‘नियमित गस्ती र पेट्रोलिङलाई तीव्र पारिएको छ,’उनले भने, ‘चाडपर्वका बेला कुनै पनि अपराधिक घटना हुन नदिने हिसाबमा उचित सुरक्षा व्यवस्था मिलाइएको छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah