प्रदेश १

नेकपा (एकीकृत समाजवादी) संगठन सुढृढिकरणतर्फः दमकमा सचिवालय गठन, वडा इन्चार्ज, बिभागिय जिम्मेवारी प्रदान


      २०७८ आश्विन २१, २०:४७

दमक, २१ असोज–नेकपा (एकीकृत समाजवादी) दमक नगर कमिटीले संगठन सुढृढिकरण अन्तर्गतका कार्यक्रमलाई तीब्रता दिइएको छ । दमकको देबकोटा चौकस्थित सिद्धि मार्केटमा सम्पन्न एकीकृत समाजवादी दमक नगर कमिटीको बैठकले संगठन सुढृढिकरण कार्यक्रमलाई तीब्रता दिइएको हो ।

नगर कमिटीका अध्यक्ष महेश घिमिरेको अध्यक्षतामा र केन्द्रीय सदस्य एबम् दमक नगरपालिकाका पुर्व नगर प्रमुख इन्द्रबहादुर बुडाथोकीको उपस्थितिमा बैठक सम्पन्न भएको हो । सो भेलाले नगर कमिटी घोषणा तथा सपथ ग्रहण कार्यक्रममा सहभागि हुन नसकेको सदस्यहरु र कमिटीमा थप गरिएको नयाँ सदस्यहरुलाई सपथ ग्रहण गरिएको थियो ।

आजै सम्पन्न बैठकले ११ सदस्यीय सचिवालय कमिटी गठन गरिएको छ । नगर कमिटीका ७ जना पदाधिकारी र ४ जना सदस्यहरुसहित ११ जना रहेको सचिवालय गठन गरिएको नगर कमिटीका अध्यक्ष महेश घिमिरेले जानकारी दिनुभयो । त्यस्तैं, नगरको १० वटै वडा र भूगोलको इन्चार्ज सहित जिम्मेवारी प्रदान गरिएको छ ।

वडा नं १ को इन्चार्जमा चन्द्र थापा र सहईन्चार्जमा राजु भट्टराईलाई जिम्मेवारी तोकेको छ । वडा नं २ को इन्चार्जमा हमला प्रसाई, वडा नं ३ को इन्चार्जमा महेश घिमिरे, वडा नं ४ को इन्चार्जमा सुमन कार्की, वडा नं ५ को इन्चार्जमा जीवन सेढाई, वडा नं ६ को इन्चार्जमा निर्मल लामिछाने, वडा नं ७ को इन्चार्जमा प्रेम भुजेल, वडा नं ८ को इन्चार्जमा प्रेम नेपाल, वडा नं ९ को इन्चार्जमा रोशन भेण्डारी र वडा नं १०को इन्चार्जमा विराटजंग जबेगुलाई जिम्मेवारी प्रदान गरिएको छ ।

बैठकले जनबर्गिय संगठनको विभागिय इन्चार्जसहित जिम्मेवारी प्रदान गरेको छ । संगठन विभाग इन्चार्जमा महेश घिमिरे, महिला विभाग इन्चार्जमा हमला प्रसाई, सदस्यहरुमा कमला बोहोरा र कमला श्रेष्ठ छन् । खेलकुद तथा अक्तिरिक्त विभागको संयोजकमा सुमन काकी सहइन्चार्जमा सुुमन नेपाल, सदस्यहरुमा नरेश भण्डारी र उमेश चौलागाईलाई जिम्मेवारी प्रदान गरिएको छ ।

त्यस्तैं, मोर्चा विभाग इन्चार्जमा निर्मला लामिछाने र सदस्यहरुमा (१२ वटा जनवर्गिय संगठका अध्यक्ष वा प्रमुखहरु), प्रचार प्रसार विभाग इन्चार्जमा अनिलदेब राई, सदस्यहरुमा राजु भट्टराई र उमेश बुडाथोकीलाई जिम्मेवारी प्रदान गरिएको छ ।

विद्यार्थीतर्फको इन्चार्जमा रोशन भण्डारी, सदस्यहरुमा मदन गुरुङ र प्रवल भण्डारी, जनसाँस्कृतिकतर्फ इन्चार्जमा जीवन सेढाई, सदस्यहरुमा कमल न्यौपाने र गोमादेबी कटुवाल, युवातर्फ इन्चार्जमा विराटजंग जबेगु, सदस्यहरुमा प्रेम नेपाल र किरण भट्टराई, आदिवासी जनजातितर्फ इन्चार्जमा प्रेम भुजेल सदस्यमा भीम इङ्गनाम, मुक्ति समाजतर्फको इन्चार्जमा मनकुमार दर्नाल, सदस्यहरुमा हनु रसाइली र उमेश गजमेरलाई जिम्मवारी तोकिएको छ ।

स्वास्थ्यतर्फ इन्चार्जमा चन्द्र थापा र सदस्यमा युवाराज दुलाल, मजुदरतर्फ इन्चार्जमा छत्र बस्नेत, नेपाल राष्ट्रिय वाणिज्य संघतर्फको इन्चार्जमा खगेन्द्र नेपाल, सदस्यहरुमा युवराज घिमिरे र उमेश गजमेरलाई जिम्मेवारी प्रदान गरिएको नगर कमिटी अध्यक्ष महेश घिमिरेले जानकारी गराउनुभयो ।

नगर कमिटीको बैठकमा जिल्ला कमिटी उपसचिव मणि भण्डारी, जिल्ला सदस्यहरु तुलसी निरौला, भीम दाहाल, हरि नेपाल, नेपाल प्रहरीका पूर्व एसएसपी भरतबाबु कार्की, टिका प्रसाई, पुष्पलाल मित्रता केन्द्र दमक नगर कमिटीका सल्लाहकार एबम् नेता केन्द्र प्रसाई, लगायतको नेताहरुको उपस्थिति थियो ।

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार