सभामुख अग्निप्रसाद सापकोटाले आगामी असोज २५ गते बस्नेगरी बैठक स्थगित भएको घोषणा गरेका हुन् ।

सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै आजको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद बैठक अवरोध गरेको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

एमालेको अबरोधबीच सभामुख अग्नि सापकोटाले संसद बैठकलाई अगाडि बढाएका थिए ।

आजको संसद बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले संघीय निजामति सेवा विधेयक र रेल्वे सेवा विधेयक फिर्ता लिएको जानकारी दिएका छन् ।