काठमाण्डौ,२२ असार । राजधानीमा यसरी फस्टायो यौनधन्दा, बाटोबाटोमा ग्राहक खोज्दै महिलाहरु ।
रत्नपार्क, गौशाला, सुन्धारामा खुलेआम यौन कारोबारको मोलमोलाई हुन्छ । यसरी भइरहेको शरीरको मोलमोलाईका बारेमा सरोकारवालाहरु खासै चिन्तित देखिदैनन् ।
राजधानीमा प्राय इलाकाहरुमा यौन धन्दामा लागेका दलालहरु पनि बाक्लै पाइन्छन् । ग्राहक र यौनकर्मी बिच बसेर नाफा खानु उनिहरुको धन्दा नै हो । आफुलाई गाइड पनि भन्ने उनिहरु यौन ग्राहकक लुट्छ् र यौनकर्मीहरुलाई ठग्छन ।
महिलाको शरीरलाई बस्तु ठान्ने दलालहरुको बिगबिगि छ यतिबेला काठमाडौका इलाकाहरुमा प्राय गरेर उनीहरुको पेसा भने अन्य पनि हुन्छ । रातको समयमा ओभर टाइमका रुपमा गर्ने कामको रुपमा उनीहरु यसलाई गर्ने लिन्छन्।
त्यसैगरि राजधानीमा १८ बर्षमुनीका करिव १० हजार किशोरी दैनिक यौन धन्दा गर्न बाध्यको भएको तथ्य सार्वजनिक भएको थियो ।
केन्द्रीय वालकल्याण समितिले राजधानीका विभिन्न डान्सवार र रेष्टुरेण्टमा काम गर्ने गरि १० हजार किशोरी यौन धन्दामा लागेको तथ्य सार्वजनिक गरेको छ ।
राजधानीमा मात्रै झण्डै १३ हजार किशोरी डान्सवार र क्याविनमा काम गर्ने गर्दछन् । ति मध्ये ९३ प्रतिसतभन्दा बढि यौन धन्दामा लागेको तथ्याडक हामीले पायौं, विश्वास नेपालकी अध्यक्ष वालकुमारी आलेले बताएकी थिइन् ।
पत्रकार देवकी विष्टको एउटा अनुसन्धानात्मक रिपोर्ट ।



