नवनियुक्त उद्योमन्त्री गजेन्द्र हमालले राजीनामा दिएका छन्। केही बेरअघि बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष मन्त्री हमालले राजीनामा दिएका हुन्।

प्रधानमन्त्री देउवा आज गण्डकी प्रदेशलाई साक्षार प्रदेश घोषणा गर्न पोखरा जानुअघि नै भेटेर हमालले राजीनामा दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। शुक्रवार उनले शीतल निवास पुगेर मन्त्रीमा शपथ लिएका थिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको 'कोटा'बाट मन्त्री भएको भन्दै विवादमा तानिएपछि हमालले राजीनामा दिने घोषणा गरेका थिए।

'आफ्नो स्वविवेक प्रयोग गरें। धेरै सोचें। नेताहरुले राजीनामा नदिनु भनेका छन्। विवादमा किन पर्नु भनेर। आजै राजीनामा दिँदैछु,' मन्त्री हमालले भनेका थिए।

विवादमा तानिएपछि मन्त्री हमालले के गर्ने भन्ने विषयमा कांग्रेस नेताहरुसँगसमेत लामो समय छलफल गरेका थिए। प्रधानमन्त्री देउवाकै निर्देशनमा उनले राजीनामा दिएको बताइएको छ। हमालको राजीनामा आजै स्विकृत गर्ने तयारी रहेको छ।